तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ, धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा आज पनि उच्च अङ्कले वृद्धि भएको छ ।

मङ्गलबार उच्च अङ्कले वृद्धि भएको नेप्से आज पनि झण्डै २९ अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २८.८९ बिन्दुले उकालो लागेर एक हजार ७०७.६७ मा पुगेको छ । नेप्से लगातार उकालो लागेर आज नयाँ उचाई कायम गरेको हो । यस्तै, सेन्सेटिभ परिसूचक ५.२३ बिन्दुले उकालो लागेर ३३५.६२ मा पुगेको छ । कूल १९५ कम्पनीको एक करोड २५ लाख २३ हजार ६५१ कित्ता शेयर चार अर्ब नौ करोड ९६ लाख चार हजार ७४२ मूल्यमा कारोबार भयो ।

प्से उकालो लाग्दै गएका कारण बजार पूँजीकरणमा सुधार आएको छ । आजको कारोबारका आधारमा बजार पूँजीकरण झण्डै २३ खर्ब बराबरको भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बजार पूँजीकरण २२ खर्ब ८८ अर्ब बराबरको भएको छ । कारोबार भएका कूल १२ उपसमूहमध्ये आज वित्त क्षेत्रको मात्रै शेयर ओरालो लागेको छ भने अन्य ११ उपसूहको शेयर उकालो लागेको छ ।

वित्त २.८६ बिन्दुले घट्दा बैंकिङ १४.८८, व्यापार १४९.८३, होटल ४७.३५, विकास बैंक २.९२, जलविद्युत् ४.३९, निर्जीबन बीमा ३३९.३२, उत्पादन २००ं.२१, अन्य ४९.६८, लघुवित्त ७.१४, जीवन बीमा ७.०३ र सामूहिक लगानी कोष ०.५५ बिन्दुले उकालो लागेको छ । कारोबारका आधारमा आज नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २५ करोड ९० लाख २८ हजार ९३० बराबरको कारोबार भयो ।

यस्तै, हिमालयन डिस्टिलरी रु १८ करोड ८६ लाख ४० हजार ६९६, एनआइसि एशिया बैंक १५ करोड ६५ लाख ९० हजार ४२७, नागरिक लगानी कोष १५ करोड ४५ लाख १४ हजार, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी १५ करोड १५ लाख ७४ हजार २०२, नेपाल पुनरबीमा कम्पनी १५ करोड १० लाख ७१ ह्जार ४३२, शिवम् सिमेन्ट रु १४ करोड ८० लाख ८९ हजार ९८९, अपि पावर कम्पनी १२ करोड १५ लाख ३४ हजार २७८ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा साल्ट टे«डिङ कर्पोरेशन १०, लक्ष्मी इक्विटी फण्ड ९.९९, नागरिक लगानी कोष ९.९८, विशाल बजार कम्पनी ९.९८, एनआइसि एशिया ग्रोथ फण्डका लगानीकर्ताले ९.९० प्रतिशतले कमाए । यस्तै, आइसिएफसी फाइनान्स ४.७८, सेन्ट्रल फाइनान्स २.८९, निर्धन उत्थान लघुवित्त २.४०, निर्धन उत्थान लघुवित्त २.४०, हिमालयन पावर पार्टनर २.१७ र कामना सेवा विकास बैंकका लगानीकर्ताले २.१५ प्रतिशतले गुमाए । रासस

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …