तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

यज्ञ कुमार राई

खोटाङ ।खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले कृषकलाई बीउबिजन तथा कृषि सामग्री वितरण गर्ने भएको छ ।

हलेसी तुवाचुङ नगरपालिका १० अर्खोउलेमा कृषि सामाग्री बितरण कार्यक्रम भुमी ब्यबस्था तथा कृषि सहकारी राज्य मन्त्री राम बहादुर रानाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।  

सुख्खा क्षेत्रका कृषकहरुको जीविकोपार्जनका लागि बीउबिजन तथा कृषि सामग्री वितरण गर्न थालेको हो ।

नगरपालिकाको विशेष अनुरोधमा एसडिसिको दुई करोड ४४ लाख वरावरको आर्थिक सहयोग तथा कारितास नेपाल र नवकिरण सेवा समाज नेपालको सहजिकरणमा मंगलबारदेखी अर्खौलेबाट बीउबिजन तथा सामग्री वितरण थालिएको छ ।

वितरणको पहिलो दिन अर्खौलेका कृषकहरुलाई हिलटेक, प्लाष्टिक टनेल, सिड स्प्रे, हजारी र बीउबिजन वितरण गरिएको छ । अर्खौलेमा ३२५ जना कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण गरिनेछ ।

त्यहाँका कृषकहरुलाई प्रदेश १ का भूमी ब्यबस्था कृषि तथा सहकारी मन्त्री रामबहादुर राना, नगरप्रमुख इवन राई, उपप्रमुख विमला राईले वितरण गरेका थिए । 

अब क्रमशः अन्य वडाहरुका कृषकलाई बीउबिजन तथा कृषि सामग्री हस्तान्तरण गरिदै लैजाने नगरप्रमुख इवन राईले बताए । राईका अनुसार ४ हजार ५३ घरपरिवारलाई बीउबिजन र कृषि सामगी वितरण गरिनेछ ।

बाहुनीडाँडामा ३९४, डिकुवामा ३८०, च्यास्मिटारमा ३९७, वडहरेमा २८८, दुर्छिममा ४५४, मंगलटारमा ३४०, महादेवस्थानमा ३३३, धितुङमा ३४५, सल्लेमा २१६ र राजापानीमा ५८१ जना कृषकलाई प्लाष्टिक टनेल, हजारी, हिलटेक, सिड स्प्रे तथा बीउबिजन सामग्री वितरण गरिनेछ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …