तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । करिब आठ महिनादेखि बन्द रहेको विद्यालय खोल्ने तयारीमा शिक्षा मन्त्रालय जुटेको छ ।

वैकल्पिक विधिबाट शैक्षिकसत्रलाई निरन्तरता दिएको सरकारले वैकल्पिक प्रणलीबाट कति विद्यार्थीले अध्ययन गरिरहेका छन् त्यसको तथ्यांक राखेको छैन । 

कोभिड–१९ का कारण चैतयता विद्यालय र विश्वविद्यालयहरू सञ्चालनमा आउन नसक्दा करिब ९० लाख विद्यार्थी विद्यालय जानबाट वञ्चित भएका छन् । 

वैकल्पिक विधिबाट असारदेखि पठनपाठन र असोजबाट शैक्षिकसत्र सुरु गरेपनि वैकल्पिक शिक्षण सिकाइ प्रभावकारी नभएको गुनासो आइरहेको छ । वैकल्पिक प्रणालीमा कति विद्यार्थीले अध्ययन गरिरहेका छन्, त्यसको तथ्यांक मन्त्रालयमा समेत छैन । 

लामो समयदेखि विद्यालय बन्द रहँदा विद्यार्थीहरूले पठनपाठनबाट वञ्चित हुनुपरेकाले सरकार विद्यालय सञ्चालनको तयारीमा जुटेको हो । कतिपय स्थानीय तहले विद्यालय सञ्चालनसमेत गरेका थिए भने कोरोनाको जोखिम बढ्दै गएपछि बन्द गर्नुप¥यो । स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने अनिवार्य शर्त राख्दै मन्त्रालयले विज्ञको सल्लाह–सुझावसहित विद्यालय सञ्चालनको लागि कार्यढाँचा तयार गर्दैछ । 

कोरोनाको जोखिमका आधारमा स्थानीय तहले विद्यालय सञ्चालनको निर्णय गर्न पाउनेगरी एक साताभित्र विद्यालय सञ्चालनका लागि कार्यढाँचा जारी गर्ने तयारीमा मन्त्रालय छ । 

विद्यालय सञ्चालनको विभिन्न ‘मोडालिटी’सहितको कार्यढाँचा तिहारअघि जारी गर्ने तयारी रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवत्ता दीपक शर्माले जानकारी दिनुभयो ।  

स्वास्थ्य मापदण्ड अपनाएर कम जोखिम भएका ठाउँका विद्यालय सञ्चालन गर्न पाउनुपर्ने माग राख्दै आएका निजी विद्यालय सञ्चालकहरुले पनि कार्यढाँचा जारी भएपछि तिहारलगत्तै स्वास्थ्य मापदण्डको पालना गरी विद्यालय सञ्चालन गरिने जनाएका छन्  l

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …