तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापबाट

काठमाडाैं।आठवटा माध्यमिक विद्यालयले कक्षा ११ को परीक्षाका लागि विद्यार्थीबाट दुई पटक शुल्क लिएको पाइएको छ ।

नकल्याण नमुना मावि थारमारे, सरस्वती मावि शिवरथ, दुर्गा सरस्वती मावि बाफुखोला, बालकन्या मावि कोटबारा, महेन्द्र मावि कुमाईगाउँ, त्रिज मावि माल्नेटा, भानुभक्त मावि दमाचौर र महेन्द्ररत्न मावि पिपलनेटाले शुल्क उठाएपश्चात विद्यार्थीलाई कुनै बिल तथा रसिद नदिएको विद्यार्थीले बताएका छन् ।

ती विद्यालयले प्रतिविद्यार्थी चार सयदेखि छ सय रुपियाँसम्म उठाएका छन् । जनकल्याण नमुना मावि थारमारेका प्रधानाध्यापक पूर्णबहादुर भण्डारीले एउटै वर्ष दुई पटक परीक्षा शुल्क लिएको देखिने भएकाले रसिद नदिएको बताउँदै भने, “पहिले उठाइएको शुल्क राष्ट्रिय परीक्षा बोर्डले लग्यो । अब हामीले नै परीक्षा सञ्चालन गर्नुपर्ने भएपछि पुनः शुल्क उठाउनुपरेको हो ।

त्रिज मावि माल्नेटाका प्रधानाध्यापक वायुकुमार ब्रहामनले शुल्क उठाएको सम्र्पण रकम परीक्षामा नै खर्च हुने भएकाले रसिद नदिएको तर्क गरे। गोरखापत्र दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …