तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । साताको पहिलो दिन परिसूचकसँगै कारोबार रकममा समेत वृद्धि भएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेमा १२.४९ विन्दुले वृद्धि भई एक हजार ६४८.५८ मा पुगेको छ । 

यस्तै, सेन्सेटिभ परिसूचक १.५७ ले वृद्धि भई ३२५.९४ मा पुगेको हो । कूल १९८ कम्पनीको एक करोड आठ लाख ६३ हजार ४५६ कित्ता शेयर रु तीन अर्ब ५२ करोड ६७ लाख ७७ हजार २६१ मा कारोबार भयो । आज कारोबार भएका कूल १२ उपसमूहमध्ये दुई उपसमूहको शेयर ओरालो लाग्दा १० उपसमूहको शेयर भने उकालो लागेको छ । बैंकिङ १.१६ र विकास बैंक उपसमूह ६.७६ विन्दुले ओरालो लागेको छ । 

यस्तै, व्यापार १०५.१९, होटल २७.७५, जलविद्युत् ३०.५९, वित्त ४.२७, निर्जीवन बीमा १८.७९, उत्पादन १२२.६८, अन्य २८.४५, लघुवित्त १०.८५, जीवन बीमा ८६.९३ र सामूहिक लगानी कोष ०.१५ ले वृद्धि भएको छ । कारोबारका आधारमा आज नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु २५ करोड ९२ लाख दुई हजार ४८२ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे । 

यस्तै, हिमालयन डिस्टिलरी  १५ करोड ९६ लाख ८१ हजार ६६३, खिबर इन्सुरेन्स कम्पनी १२ करोड ३० लाख ४१ ह्जार ८१४, अपी पावर कम्पनी १२ करोड आठ लाख २० हजार ६०९, बैंक अफ काठमाडौँ १० करोड ४८ लाख २० हजार ६०९, शिवम् सिमेन्ट १० करोड ३५ लाख ४६ हजार ८००  र हिमाल दोलखा हाइड्रोपावर रु नौ करोड ४२ लाख २५ हजार ८४६ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा हिमालयन डिस्टिलरी ९.९७, साल्ट टे«डिङ कर्पोरेशन ९.९५, दिव्यश्वरी हाइड्रोपावर ९.९२, मिथिला लघुवित्त वित्तीय संस्था ९.९०, युनिभर्सल पावर कम्पनी ९.८६ र सानिमा जनरल इन्सुरेन्स कम्पनीका शेयरधनीले ९.८४ प्रतिशतले कमाए । त्यस्तै, नेपाल फाइनान्स कम्पनी ३.५७, सिभिल लघुवित्त वित्तीय संस्था २.७६, गुराँस लघुवित्त वित्तीय संस्था २.७१, नेपाल इन्भेस्टमेन्ट बैंकको संस्थापक शेयर २.१२ , सुमिट लघुवित्त वित्तीय संस्था १.६८ र स्वाभिमान लघुवित्त वित्तीय संस्थाका शेयरधनीले १.६२ प्रतिशतले गुमाए । 

 

रासस

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …