अमेरिका ।अमेरिकाको राष्ट्रपति निर्वाचनमा सबै मतहरू गनिसक्दा बहालवाला राष्ट्रपति डोनल्ड ट्रम्पको हार हुनसक्ने देखिएको छ । तर ट्रम्पवादलाई यस निर्वाचनले हराउन सकेको छैन ।
डेमोक्रेटहरूले चार वर्षको अव्यवस्था, परम्परा तथा संस्थाहरूमाथिको आक्रमण, झूटोको शृंखला अनि २ लाख ३० हजारभन्दा बढीको ज्यान लिने महामारीका कारण ट्रम्पले बेइज्जती तवरले हार्ने आशा डेमोक्रेटकहरूले गरेका थिए ।
बाइडनले प्रचण्ड बहुमत ल्याएर जितेको भए देशले एक किसिमको दिशा समातेको स्पष्ट हुन्थ्यो । रिपब्लिकन पार्टीलाई सुधार गर्नका लागि यसले पाठ पढाउँथ्यो ।
तर मतसर्वेक्षकहरूको सबै अनुमानलाई धज्जी उडाउँदै रिपब्लिकनहरूले चुनावमा राम्रो प्रदर्शन गरे । ट्रम्पले फ्लोरिडा, टेक्सस र अन्य राज्यमा मत वृद्धि गरे । उनले अघिल्लो निर्वाचनमा भन्दा बढी नै गोरा कामदार वर्गको भोट ल्याए र ल्याटिनो भोटरमा डेमोक्रेटिक पार्टीको पकडलाई हडप्यो । ट्रम्पको चुनावी अभियानमा निकै धेरै उत्साह देखियो ।
सन् २०१६ मा उनको विजय काकतालीले हैन अनि यसमा भ्लादिमिर पुटिन वा जेम्स कोमीको योगदान छैन भन्ने पाइयो । सन् २०२० मा उनका लिंगभेदी, जातिवादी र झूटो बोल्ने प्रवृत्तिलाई वैधता प्राप्त भएको जस्तो देखिएको छ ।
केही अमेरिकीहरूले हामी यस्ता छैनौं’ भने । तर ट्रम्प मतदाताहरूले जवाफ फर्काए, ‘हामी यस्तै हौं र हामी कतै पनि जाने छैनौं ।
‘ट्रम्पको शासनशैलीमा नैतिक प्रश्न उठेको भनी हल्ला गरिएको भए पनि त्यसले रिपब्लिकन पार्टीमा उनको समर्थनलाई कुनै फरक पारेको देखिएन प्रिन्सटन विश्वविद्यालयका प्राध्यापक एड्डी ग्लाउडले बताए । उल्टो श्वेत मतदातामाझ उनको आधार बढेका छन् । ट्रम्प लोभस्वार्थीपन र जातिवादको मिश्रणमा मौलाइरहेका छन् ।
ट्रम्पले चुनाव जिते भने पनि ट्रम्पवाद विजयी हुन्छ । ट्रम्पले हारे भने पनि ट्रम्पवाद विजयी हुन्छ ।
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …
चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …
सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …