• शनिवार, असोज-२,२०७८ |
  • तपाईंको आगमन
  • हाम्रोबारे
  • हाम्रो समूह
  • सम्पर्क पृष्ठ

तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

काठमाडौँ। यसै शैक्षिक सत्रबाट कक्षा ११ मा अनिवार्य विषयका रूपमा लागू गरिएको सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा पठनपाठन गराउन समस्या भएको गुनासो आउन थालेको छ । नयाँ पाठ्यक्रम लागू गरिए पनि शिक्षकले तालिम पाउन नसकेको, पुस्तक अभाव रहेको तथा सामाजिक अध्ययनमा दक्ष शिक्षकको समेत अभाव हुने स्थिति देखिएपछि गुुनासो बढ्न थालेको छ । 

खासगरी सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाले धेरै विषय समेटेकाले यसको अध्यापन गराउन सक्ने दक्ष शिक्षकको अभाव देखिएको राजधानीको कङ्काली माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णु पनेरूले बताउनुभयो । इतिहास, भूगोल र धर्म संस्कृतिमा स्नातकोत्तर तह हासिल गरेको जनशक्तिले मात्र यो विषय राम्ररी पठनपाठन गर्न सक्ने अवस्था देखिएको भन्दै उहाँले शिक्षकलाई माथिल्लो कक्षा लिन लगाउँदैमा समस्या समाधान नहुने बताउनुभयो । 

कक्षा १० मा विज्ञान एउटै शिक्षकले पढाए पनि कक्षा ११ मा फरक फरक विषयगत शिक्षकले पढाए जसरी नै सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षासमेत पढाउनुपर्ने अवस्था रहेको उहाँको भनाइ छ । तर यसका लागि शिक्षक अभाव देखिएको उहाँ बताउनुहुन्छ । सामाजिक जीवनका विविध पक्ष समेटेर विषयको दायरा निकै उच्च बनाइए पनि त्यसअनुसार शिक्षकको प्रबन्धमा भने ध्यान नदिइएको उहाँको भनाइ छ । 

राजधानीको पद्मोदय माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक नारायण गौतमले सामाजिक अध्ययनको पाठ्यक्रम निकै व्यापक भएको र पुस्तकसमेत नआएका कारण शिक्षकलाई अध्यापनमा समस्या देखिएको बताउनुभयो । 

कक्षा ११ मा अध्यापनका लागि स्नातकोत्तर शैक्षिक योग्यता चाहिने तर सबै विद्यालयमा त्यस अनुसारको विषयगत शिक्षकको समस्या व्यवस्था गर्न कठिनाइ देखिएको उहाँ बताउनुहुन्छ । यसका साथै प्रविधि नजानेको शिक्षकलाई ११ कक्षा पढाउन समस्या हुने अवस्था रहेको उहाँको भनाइ छ । 

सामाजिक विषयका शिक्षक तथा पाठ्यपुस्तक लेखक गोविन्द भण्डारी विश्वविद्यालय तहसम्म जोडिने भएकाले कक्षा ११ र १२ को पाठ्यक्रम केही उच्च स्तरको रहेको तर शिक्षकलाई समयानुुकूूल तालिम नहुँदा अध्यापनमा समस्या भएको बताउनुहुन्छ । 

शिक्षण पेसामा शिक्षाशास्त्र अध्ययन गरेको व्यक्तिलाई मात्र ढोका खुला गरिएका कारण हाल आएर सामाजिक अध्ययन लगायतको विषय अध्यापनका लागि शिक्षक अभाव देखिएको उहाँको भनाइ छ । 

अब योग्यतम व्यक्तिलाई शिक्षण पेसामा आकर्षित गर्न सके यस क्षेत्रमा अहिले देखिएको समस्या क्रमशः समाधान हुने लेखक भण्डारी बताउनुहुन्छ । समाजशास्त्रमा स्नातकोत्तर व्यक्तिलाई यसको शिक्षक बनाउन सकिए समस्या कम हुने उहाँको विश्लेषण छ । 

कक्षा ११ मा सामाजिक तथा जीवनोपयोगी शिक्षा अध्यापन गराउने शिक्षक माधव दाहाल सामाजिक अध्ययन व्यापक विषय भएको र यसले समाजका विविध आयाम समेटेकाले शिक्षकहरूले धेरै परिश्रम गर्नुपर्ने अवस्था रहेको बताउनुहुन्छ । यसका लागि शिक्षकको क्षमता अभिवृद्धि गरिनुपर्ने र शिक्षकले पनि यसमा ध्यान दिनुपर्ने आवश्यकता उहाँ औँल्याउनुहुन्छ । यसभित्र रहेको राजनीति, धर्म संस्कृति, इतिहास, भूगोललगायत विविध विषयवस्तु मेहनत गर्ने हो भने एक शिक्षकले अध्यापन गराउन सक्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । 

विश्वविद्यालयको शिक्षासित जोड्नुपर्ने भएकाले पनि कक्षा ९ र १० को तुलनामा यसको पाठ्यक्रम स्तरीय भएको र यो स्वाभाविक नै भएको उहाँको भनाइ छ । 

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव दाहाल कक्षा ११ मा यसै वर्षबाट लागू गरिएको सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषयको पठनपाठनका लागि शिक्षकलाई छिट्टै अभिमुखीकरण गरिने बताउनुभयो । 

हालसम्म पुस्तकको तयारीका लागि केन्द्रले समय खर्च गरेको उल्लेख गर्दै उहाँले अब शिक्षक तालिम नै सरकारले मुख्य प्राथमिकतामा रहेको बताउनुभयो ।गोरखापत्र दैनिकमा  खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

सर्वोच्चको आदेशले लोक सेवाका परीक्षा प्रभावित

५ सयभन्दा बढी शाखा अधिकृतको अन्तर्वार्ताको नतिजा रोकियो कोभिड–१९, बाढीपहिरो र आयोगका पदाधिकारी अभावका कारण गत वर्षकै विज्ञापनअन्तर्गत पदपूर्ति गर्न परीक्षा लिने तयारी थियो काठमाडौँ …

बजेट ‘होलिडे’ : दोषी को ?

काठमाडौं । नेपालमा बजेट प्रणाली सुरु भएदेखि हालसम्मको ७० वर्षको इतिहासमा पहिलोपटक बहुमतप्राप्त सरकार आफ्नै ढुकुटीमा भएको खर्चसमेत गर्न नपाउने संवैधानिक बन्देजको अवस्थामा पुगेको छ …

पेचिलो बन्दै एमसीसी: सत्तापक्ष विभाजित, विपक्षी निर्णय कुर्दै

काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सत्तारूढ गठबन्धनमा आबद्ध दलदेखि विपक्षी दल र राजावादी शक्तिदेखि विप्लव समूहसम्मको विरोधका कारण थप पेचिलो र अनिर्णीत बन्दै …

दैनिक दुईवटाका दरले झोलुङ्गे पुल निर्माण

काठमाडौँ । देशका विभिन्न स्थानमा गरी अहिले दैनिक औसत दुईवटा झोलुङ्गे पुल निर्माण सम्पन्न भइरहेका छन् । सङ्घ, प्रदेश र स्थानीय तीनवटै तहबाट गरी दैनिक दुईवटाका …