तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

केही दिनयता सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी( नेकपा) का दुई अध्यक्ष केपि शर्माओली र पुष्पकमल दहालबिच खटपटको स्थिती आईरहेको छ। दुईजना बिच सिर्जना भईरहेको असामान्य परिस्थितिले नेकपामा खतराको घण्टि बजिरहेको छ। नेकपा भयनाक दिशातर्फ जादैँछ।

देशको नेतृत्व गर्ने जिम्मेवारी पाएको सिङ्गो नेकपाका दुई अध्यक्षहरु नै एकअर्काको निर्णय मान्न तयार छैनन। यस्तै यस्तै कारणले गर्दा नेकपाले आफ्नै आन्तरिक विवाद थेग्न सकिरहेको छैन ।

पार्टिभित्रका कुनै पनि बैठकमा नजाने तथा बैठक गरेर निर्णय लिएदेखि त्यसको एक्सनमा उत्रीने भन्ने प्रधानमन्त्रीको अडान कायमै छ। त्यस्तै स्थायी कमिटिले सरकारलाई नितिगत रुपमा अगाडि लैजाने निर्णयलाई प्रचण्डले भागबन्डाको अनावश्यक कुरा मिसाएर सरकार संचालनमा असहयोग गरेको ओलिको आरोप छ।

दुई वर्ष कार्यकाल पुगेपछी केही समयअगाडि नेकपाभित्रै प्रधामन्त्री परिवर्तनको लागि गृहकार्य भईराखेको थियो। पार्टिभित्रैका केही नेताहरुले प्रधानमन्त्रीको राजिनामा पनि मागेका थिए।  राष्ट्रियता तथा स्वाभिमानको लडाइँमा आफू लागेका बेला राजीनामा मागेको भन्दै प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली आफ्नै नेताहरुसँग रुष्ट बनेका थिए।

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री ओलिले सल्लाहमै पार्टी फुटाऔँ भन्ने प्रस्तावले प्रचण्ड पनि निराश बनेका छन। प्रचण्डले पनि ओलिप्रती निकै कुरामा असन्तुष्टि जनाएका छन। प्रधानमन्त्रीको विषयलाई लिएर खुमलटारमा पनि प्रचण्डनिकटका नेताहरुको आन्तरिक छलफल जारी छ। 

देशको नेतृत्व गर्ने जिम्मा पाएको नेकपाले आफ्नो आन्तरिक विवादलाई पनि पारा लगाउन नसक्नुले नेकपाभित्रको निकम्मापनलाई छर्लङ्ग पारिदिएको छ। 

निस्श्चित कार्यकाल पूरा नगरी बिचैमा टुटफुटको स्थिती सिर्जना हुनु सानो कुरा होईन। अस्थिर राजनितिको चपेटामा परेका करोडौँ जनताहरुमा नेकपा फुटको हल्लाले झनै निराशाजनक स्थिती पैदा गरिरहेको छ। 

नेकपा फुटसङ्गै जनताले चाहेको स्थिर राजनितिको संभावना सकिनेछ।

विगतमा पार्टी एकता नै ठुलो राजनितिक छलाङ थियो। पार्टिको विधि र पद्धतिलाई अझै सुदृढीकरण बनाउनेतर्फ नेकपा लाग्नुपर्छ। 

नेकपाले राष्ट्रवाद देखाओस जुन एकपल्ट बनेपछी नफुट्ने खालको हुन्छ। नेकपाको एउटा वैयक्तिकता होस, टुट्नुको सट्टा अझै जुटेर नेकपाले जनताको लागि अझै उल्लेखनिय योगदान दिन सकोस।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …