काठमाडौ- स्वास्थ मन्त्रालयले अद्यावधिक गरेको पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा तीन हजार एक सय १४ जना नयाँ संक्रमित थपिएका छन। नयाँ संक्रमितको संख्या थपिएसङ्गै नेपालमा कोरोना संक्रमितको कुल संख्या एक लाख ७९ हजार छ सय १४ पुगेको छ।
त्यस्तै मङ्गलबार तीन हजार एक सय ४२ जना सङ्क्रमणमुक्त भएर घर फर्किएसँगै डिस्चार्ज हुनेकाे कुल सङ्ख्या एक लाख ४१ हजार एक सय ३४ पुगेकाे छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा काेराेनाबाट २० जनाकाे ज्यान गएसँगै ज्यान गुमाउनेकाे कुल सङ्ख्या एक हजार चार पुगेकाे हाे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब ३७ हजार चार सय ७६ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् भने एक हजार दुई सय ७७ जना क्वरेण्टीनमा रहेका छन् ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …