काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय सदस्य सुजाता कोइरालाले आगामी फागुनमा हुने १४ औं महाधिवेशनमा पार्टी सभापतिको पदमा उम्मेदवार बन्ने घोषणा गर्नुभएको छ ।
पूर्व उपप्रधानमन्त्री कोइरालाले पार्टीमा योगदान गरेका अग्रज तथा युवापुस्ताबीच समन्वय गरी अगाडि बढ्ने सङ्कल्प गरेको बताउनुभयो ।
पार्टीको पूर्व विदेश विभाग प्रमुख कोइरालाले भन्नुभयो, सबैले महिला अगाडि आउनुपर्छ भनेर भन्ने धेरै भए तर सभापतिको उम्मेदवार बन्ने कसैले घोषणा गर्नु भएको छैन, साथीहरूको आग्रहमा उम्मेदवार बन्ने घोषणा गरेकी हुँ ।
पूर्व पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद छोरी सुजाताको उम्मेदवारीसँगै कोइरालाबाटै सभापतिका तीनजना उम्मेदवार भएका छन् । यसअघि महामन्त्री डा. शशांक कोइराला र केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सभापतिको उम्मेदवार हुने घोषणा गरिसक्नु भएको छ ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …