तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

रामेछाप ।मन्थली नगरपालिका ८ चिसापानीका २ दर्जन युवाहरु नेपाल कम्युनिष्ट पार्टी नेकपा परित्याग गरि नेपाली कांग्रेस प्रवेश गरेका छन् । 

आइतबार एक कार्यक्रमकाबीच दुई दर्जन युवा काँग्रेसमा प्रवेश गरेको नेपाली काँग्रेस चिसापानीका वडा सभापति ओम पुरिले जानकारी दिए ।

नव प्रवेशीहरुलाई उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका युवा नेता तथा नेपाल विद्यार्थी संघका पूर्व केन्द्रिय सदस्य रत्नहरी ढुंगेलले स्वागत गरेका थिए ।

नव प्रवेशीहरुलाई स्वागत गर्दै ढुंगेलले वर्तमान सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको र जनताको चरम बेवास्ता गरेको भन्दै मुलुकको बागडोर समाल्न सक्षम पार्टी नेपाली काँग्रेस मात्र भएको दावि गरे ।

नवप्रवेशीहरुले कम्युनिष्टहरु धेरै बोल्ने काम अलिकति पनि नगर्ने तर काँग्रेस भने कम बोलेर धेरै काम गर्ने पार्टी भएकाले आफुहरु काँग्रेस प्रवेश गरेको बताएका छन ।

पार्टी प्रवेश कार्यक्रम नेपाल तरुण दल मन्थली नगरपालिका–८ वडा इकाई अध्यक्ष शिव शंकर श्रेष्ठको अध्यक्षतामा तथा तरुण नगर सभापति कृष्णलाल पुरी, नेपाली कांग्रेस रामेछापका पूर्व जिल्ला सदस्य लव नेपाली लगायतको उपस्थितिमा सम्पन्न भएको थियो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …