नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका वडा नं ४ नर्सही ( उचम टाडी ) गाउँ स्थित रहेको हनुमान मन्दिरका पुजारीको अाइतबार दुई बजे धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ ।
पुजारी सोही गाउँ बस्ने बर्ष ७५ का महगु केवट रहेका छन । पुजारीको घरेलु हतियार हसियाले हत्या गरिएको हुन सक्ने प्रहरीले जनाएको छ ।
मन्दिर देखि लगभग दुई किलोमिटर पश्चिम दिशामा रहेको एकान्त खाली ठाउमा हत्या भएको थियो । एक स्थानीयले टयाक्टर लिई खेत जोत्न जाने क्रममा पुजारी बाटोमा लडी रहेको अवस्था देखी स्थानीय र प्रहरीलाई खबर गरेका थिए ।
पुजारीको के कती कारणले हत्या भएको हो ,हत्याराको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …