तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खर्च व्यहोर्न नसक्ने कोरोना भाइरस संक्रमितको उपचार निःशुल्क गर्न अस्पतालहरूलाई निर्देशन दिएको छ ।

सरकारले लक्षित वर्ग बाहेकका व्यक्तिले कोरोनाको उपचार खर्च स्वयं व्यहोर्नुपर्ने निर्णय गरेपछि अस्पतालहरूले अग्रिम रकम बुझाउनुपर्ने नियम कार्यान्वयनमा ल्याएका थिए । 

यसअघि सरकारले विपन्न, असहाय, अपाङ्गता भएका र फ्रन्टलाइनमा खटिएकाहरूमा लक्षण देखिए व्यक्ति बाहेकले परीक्षण तथा उपचार खर्च स्वयं व्यहोर्नुपर्ने निर्णय गरेको थियो ।

स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम (आईसीएस) संयोजक डा. गुणराज लोहनीले आइतवार एक विज्ञप्ति जारी गर्दै खर्च व्यहोर्न नसक्ने सबैको उपचार गर्न निर्देशन दिएका छन् । 

सरकारी निर्णय अनुसार गरीब, विपन्न, अशक्त, असहाय, ज्येष्ठ नागरिक भएको बिरामीका तर्फबाट स्वयं घोषणा गरेमा निःशुल्क उपचार गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …