काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ८५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
कोभिडको अद्यावधिक विवरण सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ हजार ६७ महिला र १ हजार ७८९ पुरुषमा संक्रमण पुष्टि भएको जनाएको छ । १२ हजार ३११ जनाको आरटी–पीसीआर परीक्षण गरिएको थियो ।
कोरोनाले थप ५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ८४७ पुगेको छ ।
पछिल्लो पटक आइसोलेसनबाट ३ हजार ३३६ संक्रमित निको भएका मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना निको हुने व्यक्तिको संख्या १ लाख ११ हजार ६७० पुगेको छ । निको हुने दर ७०.६ प्रतिशत रहेको छ ।
देशभर संक्रिय संक्रमितको संख्या ४५ हजार ५७२ रहेको छ । काठमाडौं उपत्यकामा १ हजार ५३५ संक्रमित थपिएका छन् । जसमध्ये महिला ६२९ र पुरुष ९०६ जना रहेका छन् ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …