तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

काठमाडाैं। कोरोनाको महामारीको कारण दशैंमा ब्युटी पार्लर जान नपाएर चिन्तामा हुनुहुन्छ भने अब ढुक्क हुनुहोस् । घरैमा बसेर पनि आफू चिटिक्क बन्न सक्ने सौन्दर्यकर्मीहरु बताउँछन् ।

अनुहारका लागि मेकअप जरुरी छ । यसले सुन्दरतामा निखार ल्याउनुका साथै वातावरणमा भएका विभिन्न विकिरण र हानिकारक तत्वबाट छालालाई सुरक्षा दिने सौन्दर्यकर्मी मीरा श्रेष्ठले बताइन्।

मेकअप गर्दा के गर्ने, के नगर्ने र यसको प्रक्रियाबारे श्रेष्ठ भन्नुहुन्छ, लुगा मात्र राम्रो लगाएर हुन्न जव मेकअप नहुँदा अवश्य पनि नराम्रो देखिन्छ ।

हामी सबै दशैंको लागि राम्री बन्नुपर्छ त्यसैले मेकअप गर्दा पहिले अनुहार सफा राख्नुपर्छ उहाँ भन्नुहुन्छ, सफा अनुहारमा सनब्लक लगाउनुपर्छ उनी थप्छिन्, यदि अनुहारको छाला रुखो छ भने यसअघि मोइस्चराइजिङ लोसन लगाउनुपर्छ ।

मेकअपको सबैभन्दा महत्वपूर्ण र धेरैलाई थाहा नभएको प्राइमर लगाउनु जरुरी हुन्छ ।

उनले प्राइमरले अनुहारमा मेकअपका लागि एउटा बेस बनाइदिने जानकारी दिइन् । यो लगाएपछि अनुहारमा छुट्टै चमक आउँछ र फाउन्डेसनलाई धेरैबेरसम्म टिकाइराख्ने उनले जानकारी दिइन् । यस्तै, मेकअप आर्टिस्ट मन्जु कार्की पाण्डे भन्छिन्, आँखाको मेकअप सबै भन्दा महोत्वको विषय हो ।

धेरैले आँखाको मेकअप फाउन्डेसन लगाएपछि मात्र गर्नुहुन्छ तर हामी भने यो पहिले नै गर्छौं किनभने आँखाको मेकअप गर्दा हातले पटक पटक छालालाई छोइरहेको हुन्छ, आइस्याडो झरिरहेको हुन्छ ।

त्यसैले पुनः फाउन्डेसन लगाउनुपर्छ । त्यसपछि फाउन्डेसन लगाउनुहोस् । तर मेकअप गर्दा फाउन्डेसन नै लगाउनुपर्छ भन्ने छैन । अनुहारमा धेरै दागहरू नभएका र गोरो वर्ण भएकाले बीबी क्रिम लगाउँदा पनि अनुहार आकर्षक र सुन्दर देखिन्छ । त्यसपछि पाउडर प्रयोग गर्न सक्छौं ।

दशैं भनेको खानपिनको चाड हो त्यसकारण खाने क्रममा कतिको लिपस्टिक लत्पतिन्छ र धेरै बेरसम्म टिक्दैन पनि । यसका लागि पाण्डे भन्नुहुन्छ, पहिलो कोटको लिपस्टिक लगाइसकेपछि टिस्यु पेपरलाई एक पटक ओठले च्याप्नुपर्छ त्यसपछि दोस्रो कोट लिपस्टिक लगाउनुपर्छ । अन्त्यमा टिस्युलाई ओठमाथि राख्ने र त्यसमाथि पाउडर लगाउने ।

धेरैको सोच मेकअप धेरैसम्म टिकोस् भन्ने नै हुन्छ । यसका लागि मेकअप स्प्रे, सेटिङ स्प्रे वा फिक्सरको प्रयोग गर्न सकिन्छ । स्प्रे लगाउँदा चार घण्टा टिक्ने मेकअप ६ घण्टासम्म पनि टिक्ने गर्छ । गोरखापत्र दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …