तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ‌ओलीले दसैंको अवसरमा शुभकामना दिन सामाजिक संजालमा शुक्रबार बिहान पोष्ट गरेको तस्बिरमा नेपालको नयाँ नक्साअनुसार कालापानी, लिपुलेक र लिम्पियाधुरा नदेखिएको विषयमा प्रधानमन्त्रीको सचिवालयले स्पष्टीकरण दिएको छ । उनको सचिवालयले भनेको छ- सानो आकारको नक्सा भएकाले चुच्चो देखिएन ।

सन्देशमा राखिएको निशान छापमा प्रयोग भएको नेपालको नक्सालाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले प्रधानमन्त्रीको आलोचना गरेका थिए । भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र नसमेटिएको नक्सा प्रयोग भएको भन्दै प्रधानमन्त्रीको सन्देशप्रति सन्देह व्यक्त गरिएको थियो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जारी गरेको प्रेस नोटमा भनिएको छ, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले बडा दसैंको उपलक्ष्यमा ट्वीट गर्नुभएको शुभकामनामा प्रयोग भएको निशान छापमा रहेको नक्सालाई विवादमा तान्न खोजिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।’ नोटमा भनिएको छ, ‘नक्साको सानो आकार प्रयोग गर्दा यस्तो हुनु स्वाभाविक हो । यस तथ्यलाई केही ठूलो आकारको सोही नक्सामा प्रष्ट देख्न सकिन्छ ।’

प्रेस नोटमा थापाले ‘वास्तविकता बुझ्न नखोजेर राजनीति र अफवाह फैलाउन खोज्नेहरूले सामाजिक सञ्जालमा आलोचना गरेको’ पनि बताएका छन् ।

प्रधानमन्त्री ओलीको नेतृत्वमा नै कालापानी क्षेत्र नेपालको नक्सामा राखिएको भन्दै नोटमा शुभकामना सन्देशमा प्रयोग गरिएको नक्साबारे उठेका प्रश्नबारे भनिएको छ, ‘अहिले यस विषयमा योजनबद्ध रूपमा सिर्जना गर्न खोजिएको भ्रम अनुचित छ ।’ थापाले नोटसँगै निशान छापको ठूलो रूपका केही तस्बिर पनि सामाजिक सञ्जालमा राखेका छन् ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले भने भारतीय खुफिया एजेन्सी ‘रअ’का प्रमुख समान्तकुमार गोयललाई भेटेपछि प्रधानमन्त्रीले चुच्चे नक्सा प्रयोग नगर्न थालेका हुन् भन्ने आशंका व्यक्त गरेका थिए ।

प्रमुख प्रतिपक्षी कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले निशान छापमा भएको नक्साको त्रुटि सामान्य नभएको भनेर ट्वीटरबाट प्रतिक्रिया दिएका थिए ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …