तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

टोरन्टो ।क्यानाडामा बसोबास गर्दै आएका  नेपाली  समुदायका ब्यक्तिहरुद्वारा सन्चालित व्यवसायहरु, संस्थाहरु तथा विभिन्न पेशामा संम्लग्न ब्यक्तिहरुका  सूचना र जानकारी समेटेर तयार पारिएको क्यानाडाको पहिलो “ नेपाली कम्युनिटी बिजनेश डाइरेक्ट्री “ एक विशेश समारोहविच  विमोचन सम्पन्न भएको छ ।

क्यानाडाका लागि नेपाली राजदुत महामहिम श्री भृगु ढुङ्गाना तथा ब्राम्टन सहरका मेयर श्री प्याट्रिक ब्राउनले संयुक्त रुपमा उक्त डाइरेक्ट्रीको विमोचन गरेका थिए 

पहिलो “ नेपाली कम्युनिटी बिजनेश डाइरेक्ट्री” को सफलताको लागि  अन्टारियो प्रान्तका सरकार प्रमुख अनरेवल प्रिमियर डग फोर्डले शुभकामना दिदै उक्त डाइरेक्ट्रीमा समावेस व्यवसाय तथा  संस्थाहरुले अन्टारियो प्रान्तको आर्थिक तथा सामाजिक विकासमा पुर्याएको योगदानको सराहना गर्नु भएको छ ।

विमोचन पश्च्यात बोल्दै महामहिम राजदुत भृगु ढुङ्गानाले संयोजक तथा प्रकाशक श्री नरेन्द्र पुडासैनी लगायत संपुर्ण नेपाल मेडिया, क्यानाडा टिमलाई यस सह्रानिय कदमको लागि धन्यवाद दिनुका साथै क्यानाडाको पहिलो “ नेपाली कम्युनिटी बिजनेश डाइरेक्ट्री “ को सफलताको लागि शुभकामना दिनु भयो । महामहिम राजदुतले यस डाइरेक्ट्रीले नेपाली कम्युनिटीलाई बिजनेशहरुको प्रोडट र सर्भिसहरुको जानकारी दिनुका साथै अन्तत सोयम बिजनेश बिस्तारमा समेत मध्दत पुग्ने र सन्दर्भ डकुमेन्ट बन्न सक्ने कुरा ब्यक्त गर्नु भयो । सन १९६५ मा क्यानाडा र नेपाल विच दौत्य सम्बन्ध स्थापना भय यता हालका बर्षहरुमा सरकारी स्तरका साथै जन स्तरमा समेत सहयोग र सम्बन्ध विस्तार भयकोमा वहाले खुशी ब्यक्त गर्नु भयो ।

विमोचन पश्च्यात क्यानाडाका लागि अबैतनिक बाणिज्य दुत डा. कुन्जर शर्माले बोल्दै क्यानाडाको पहिलो “ नेपाली कम्युनिटी बिजनेश डाइरेक्ट्री”  ठीक समयमा प्रकाशित भयको तत्थ्य प्रकाश पार्नु भयो र यसले नेपाली कम्युनिटीमा सकारात्मक प्रभाव पर्नुका साथै उपयोगि हुने कुरा बताउनुभयो ।

ब्राम्टन शहरका मेयर प्याट्रिक ब्राउनले महामहिम राजदुत श्री भृगु ढुङ्गानालाई ब्राम्टन शहरमा स्वागत गर्नुका साथै नेपाली समुदायको प्रसंसा गर्नु भयो । आफ्नो विगतको नेपाल भ्रमणको सविस्तार वर्णन गर्नु भयो । वहाले नेपाल भ्रमण गर्ने जो कोहि पनि नेपालको सौन्द्रर्यबाट सारै प्रभावित हुने र फेरि कहिले नेपाल फर्कन पाउछु भनेर लालाहित हुन्छन भन्नु भयो ।

नेपाली आप्रवासी संघ क्यानाडाका अध्यक्ष श्री चिरनजिवी घिमिरेले पुडासैनी द्वारा सुरु गरिएको यो प्रयास लाइ प्रसंसा गर्नु का साथै यो नेपाली समुदायमा धेरै उपयोगी हुने कुरा ब्यक्त गर्नु भयो।  डाइरेक्ट्रीको बिस्तार गरेर क्यानाडा ब्यापी बनाउनु पर्ने  सुझाभ वहाले दिनु भयो ।

ईन्जिनियर श्री नरेन्द्र पुडासैनी प्रकाशक रहेको उक्त डाइरेक्ट्रीको  मुख्य उद्देश्य  व्यवसाय, संस्था तथा विभिन्न पेशामा संम्लग्न ब्यक्तिहरुको प्रर्वद्धन गर्नु हो । नेपाल मेडिया, क्यानाडाद्वारा  उक्त डाइरेक्ट्री ब्यबस्थित गर्दै लगिने कुरा जानकारी गराइयो। व्यक्तिगत प्रयासबाट यस कामको शुरुवात भए पनि यस डाइरेक्ट्री श्रृजना को सम्पुर्ण श्रेय नेपाली  समुदायका व्यवसायहरु, संस्थाहरु तथा विभिन्न पेशामा संम्लग्न ब्यक्तिहरु लाई जाने कुरा पुडासैनीले श्पस्ट पारेका छन् ।

हार्डकपी र अनलाईन दुबै फर्म्याटमा उपलब्ध हुने डाइरेक्ट्रीको प्रत्येक वर्ष नयाँ संस्करण निकालिने छ। पहिलो संकरणमा केवल ग्रेटर टोरन्टो एरियाका  व्यवसाय, संस्था तथा विभिन्न पेशामा संम्लग्न ब्यक्तिहरुका  सूचना र जानकारी समाबेस गरिए पनि भविष्यमा निकालिने संकरणहरुमा यसलाई क्यानाडाब्यापी बनाईने कुरा प्रकाशक पुडासैनीले बताए ।

नेपाली कम्युनिटी बिजनेश डाइरेक्ट्रीलाई क्यानाडामा  बसोबास गर्ने  नेपाली  समुदायले अबदेखि एउटै सुचनाको श्रोत “ नेपाली कम्युनिटी बिजनेश डाइरेक्ट्री “मा  जोडिएर व्यवसायहरु, संस्थाहरु तथा पेशाकर्मीहरुका उत्पादन तथा सेबाहरुवाट लाभ लिन सक्ने छ्न् । साथै नेपाली  समुदायलाई उपयोगी हुने आकस्मिक सेबा (Emergency Service) तथा साधारण सेबा  (Non-Emergency Service) जस्तै दमकल, प्रहरी, अस्पताल का सम्पर्क नम्बरहरु, नेपाली क्यालेन्डर, क्यानाडामा मनाईने पर्व तथा छुट्टीहरुका साथै नेपाली राजदुतावास, नेपाली बाणिज्यदुत कार्यालय र ग्रेटर टोरन्टो एरियामा रहेका नेपाली समुदायका स॑घ संस्थाहरुका सम्पर्क नम्बरहरु, वेबसाइट, इमेल, सामाजिक संजालको लिङ्क आदि समावेस गरिएका छन्।

क्यानाडाका लागि नेपाली राजदुत महामहिम श्री भृगु ढुङ्गाना, अबैतनिक बाणिग्य दुत श्री कुन्जर शर्मा का साथै आप्रबासी नेपाली संघ क्यानाडाका अध्यक्ष श्री चिरन्जिवी घिमिरे द्वारा प्राप्त शुभकामनाहरु यस बिजनेश डाइरेक्ट्रीमा समावेस गरिएका छन् ।

व्यवसायहरुले प्रदान गर्ने उत्पादन र सेबाहरु लाई २० भन्दा बडी क्याटागोरिहरुमा विभाजन गरेर राखिएको छ । यस डाइरेक्ट्रीले नेपाली  समुदायका ब्यक्तिहरुले सम्मानित व्यवसाय, पेशाहरु गरेर आफ्नो र समुदायको विकासमा अगाडि बढि समग्र क्यानाडाको आर्थिक तथा सामाजिक विकासमा समेत योगदान पुराइ रहेको को छर्लङ पारेको छ । 

माउन्ट एभरेष्ट टेलिभिजन द्वारा प्रतेक्क्ष प्रसारण गरिएको उक्त कार्यक्रममा भरचुयल सहभागिहरुले शुभकामना दिनुका साथै आ-आफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रमको अन्तमा श्री निधिरत्न घिमिरेले बिजनेश डाइरेक्ट्री विमोचन कार्यक्रम मा सहभागि हुने सबैलाई धन्यबाद ज्ञापन गर्नु भएको थियो भने श्री मोहन सापकोटा ले सम्पुण कार्यक्रम सन्चालन गर्नु भएको थियो ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …