तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

हिम शाह

दार्चुला ।महाकाली नगरपालिकामा सबै भन्दा बढी काेराेना संक्रमण फैलिएकोले सेना परिचालन गरिएको छ । व्यापारीहरुले सुरक्षाकर्मीलाई छलेर व्यापार गर्ने र पसल बन्द नहुने अवस्था आएपछि सेना परिचालन गरिएको हो ।

असोज २९ गते बेलुकी ८ बजेदेखि अर्को सूचना जारी नभए सम्मका लागि जिल्ला प्रशासन कार्यालय दार्चुलाले नगरपालिकाको वडा नम्बर ४ र वडा नम्बर ५ को गल्फै, ऐेरान, तल्लासैन र मोहती क्षेत्रमा निषेधाज्ञा जारी छ ।

उक्त क्षेत्रमा निषेधाज्ञा जारी गरेको भए पनि व्यापारीहरुले कानूनको उल्लङ्घन गरेको भन्दै सुरक्षा समितिले सेना बजारमा खटाएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताउनु भयो ।

अहिले नेपाल प्रहरी र नेपाली सेनाले बजारमा पसल बन्द गराउने गरेका छन् । सशस्त्र प्रहरीको ४४ नम्बर गणमा पनि कोरोना देखिएकाले सशस्त्र प्रहरी गण भित्र रहेको अवस्थामा नेपाल प्रहरी संगै सेनाको टोली पनि परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी पोखरेलको भनाई छ । ‘सशस्त्रको गणमा पनि कोरोना देखिएकाले सशस्त्र प्रहरी अहिले गणभित्रै छ, सुरक्षाकर्मी पनि कम भएकाले सेना परिचालन गरिएको हो’ उहाँले भन्नुभयो ।

सशस्त्र प्रहरीका ६३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सशस्त्रको ४४ नम्बर गण शिल गरिएको छ भने गस्ती नै बन्द गरिएको छ । बजार क्षेत्रमा निषेधाज्ञा भएपनि तोकिएको समय बाहेकको समयमा पसलहरु खोल्ने गरेकाले प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा अधिकारीको टोलीले मंगलबार बजार क्षेत्रमा अनुगमन गरेका छन् । बुधबार महाकाली नगरपालिकामा मात्रै ५० जना र ब्याँस गाउँपालिकामा एक जना गरि जम्मा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

एकै दिन यति धेरै कोरोना देखिए पछि बजार क्षेत्रमा मानिसहरुको अनावश्यक भीडभाड घटेको छैन । कोरोना संक्रमित बढ्न थालेपनि नागरिकहरुले सतर्कता र सावधानी अपनाएको देखिदैन । भीडभाडका कारण झन् कोरोना फैलिने स्वास्थ्यकर्मीहरुको भनाई छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …