तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

इटहरी ।इटहरी उपमहानगरपालिकाको अनुगमन टोलीले इटहरीको एक पोलिक्लिनिकमा तालाबन्दी गरेको छ ।

य​हाँको ‘विराट पाथिभरा अस्पताल’ को वोर्ड राखेर सञ्चालन गरेको पोलिक्लिनिकमा अनुगमन टोलीलिे तालाबन्दी गरेको हो । 

उपभोक्ता हित संरक्षण समिति संयोजक समेत रहेकी उपमेयर लक्ष्मी गौतमको नेतृत्वमा गरिएको अनुगमनको क्रममा कोशी पाथीभरा पोलिक्लिनिकमा तालाबन्दी गरिएको हो ।

दर्ता नगरी गैह्र कानूनी तरिकाले अस्पतालको रुपमा सञ्चालन गरेको पाइएकाले तालाबन्दी गरिएको उपमेयर गौतमले जानकारी दिइन् ।

उक्त पोलिक्लिनिकबाट म्याद गुज्रिएका औषधिहरू पनि बरामद गरिएको उनले बताइन् ।

टोलीले इटहरी मेडिकल हल, शैलुङ मेडिकल हल, पञ्चकोशी हेल्थ सर्भिस सेन्टर प्रालि, कलस फार्मेसीलगायतमा अनुगमन गरेको थियो ।

केही फार्मेसी तथा मेडिकलमा औषधि व्यवस्था विभागमा दर्ता नगरिएका खाद्यपूरक समाग्री बेच्न राखिएको पाइएको उपमेयर गौतमले जानकारी दिए ।

उनीहरूलाई स्पष्टिकरण सोधिएको छ । उपमहानगरको सक्रियतामा एक सातादेखि बजार अनुगमन तीव्र पारिएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …