तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

धुलिखेल।धुलिखेल अस्पताल प्रशाशनले कोरोना उपचारका लागी  धरौटी राख्नु पर्ने रकम एक सुचना जारी गरेर सार्वजनिक गरेको छ । 

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय भन्दै अस्पतालले कोरोना संक्रमण विरामीहरुलाई चर्को मुल्य धरौटी राखी बिरामीको अवस्था अनुसारको लागत कायम गरेको पाइएको छ ।

बिरामी भर्ना हुन अघि अस्पतालको नगद शाखामा धरौटी रकम जम्मा गरे मात्र बिरामी भर्ना लिने सुचनामा उल्लेख गरेको छ ।

धरौटी राख्नु पर्ने रकम यस्तो छ :

विरामीको अवस्था सामान्य लक्षण भए रु ५० हजार धरौटी:

मध्धेम बिरामी भए रु १ लाख धरौटी

जटिल बिरामी भए रु २ लाख धरौटी

मन्त्रिपरिषद्को असोज १९ को निर्णयमा विपन्न, अशक्त, एकल महिला, जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति र अग्रपंक्तिमा खटिने जोखिम वर्गका व्यक्तिहरूको परीक्षण र उपचार नि:शुल्क गरिने निर्णय गरेको थियो ।

आर्थिकरूपले विपन्न, अशक्त, असहाय एकल महिला, अपांगता भएका व्यक्ति, अग्रपंक्तिमा खटिने र जोखिम क्षेत्रमा कार्यरत कर्मचारीमा लक्षण देखिएमा नि:शुल्क परीक्षण र उपचार गर्ने निर्णय भएपनी धुलिखेल अस्पातलले जारी  गरेको सुचनामा सो कुरा उल्लेख गरिएको छैन 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …