तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

धनगढी ।कैलालीको धनगढी नजिकै जुगेडा अस्थायी प्रहरी चौकीमा कार्यरत ईन्चार्ज असई गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको हत्या आरोपमा पक्राउ परेका ७ जनालाई मंगलबार प्रहरीले सार्वजनिक गरेको छ ।

हत्या आरोपमा पक्राउ गरिएका धनगढी उपमहानगरपालिका १० का ३१ वर्षीय रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय सुरेश राना, २५ वर्षीय राजकुमार राना, २२ वर्षीय रामनिवास राना, २९ वर्षीय दलराम राना र वडा नम्बर ११ बस्ने २५ वर्षीय रामगोपाल रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीले सार्वजनिक गरेको हो । अन्यको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ गरिएकाहरुले प्रारम्भिक अनुसन्धानका क्रममा आफूहरुले हत्या गरेको स्वीकार गरेको प्रहरीले बताएको छ । उनीहरुमाथि ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ताको तयारी भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रतीक विष्टले बताए ।

जुगेडा क्षेत्र नेपाल-भारत दुवै तर्फबाट तस्करी हुने नाका हो । यही नाकामा शनिबार राति चौकीका ईन्चार्ज विकले जवान साउदलाई आफूसँगै लिएर गस्तीमा निस्किएका थिए । त्यसै क्रममा तस्करहरुले प्रहरीलाई घेरा हालेर हत्या गरेको डिएसपी बिष्ट बताउँछन् । 

नेपालबाट भारततर्फ मटरको दाल गोरु गाडामा राखेर मोहना नदी हुँदै भारततर्फ चोरी निकासी गर्ने क्रममा गस्तीमा रहेका प्रहरीले रोक्न खोज्दा तस्करहरुले दुवैजना प्रहरीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ,’ डिएसपी विष्टले भने, ‘पछाडिबाट धारिलो हतियार प्रहार गरी ढालेपछि प्रहरीले आफूसँग रहेको पिस्तोल चलाउनै पाएनन् ।’

शनिबार राति ११ बजेदेखि सम्पर्कविहीन भएका उनीहरुमध्ये प्रहरीले खोजतलासका क्रममा असई विकको आइतबार बिहान मोहना नदीभित्र शव फ्याँकिएको अवस्थामा भेटिएको थियो । बेपत्ता जवान साउदको शव मंलगबार मोहना नदीभित्र बालुलामा गाडीएको अवस्थामा भेटाइएको थियो । ‘पक्राउ गरिएका एक अभियुक्तलाई घटनास्थलमा लिएर शव गाडिएको ठाउँ पहिचान गराइएको हो’, एक प्रहरी अधिकृतले भने ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …