तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

सोमनाथ घिमिरे

अमेरिका-गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले आइतवार अक्टोवर १८, २०२० का दिन निशुल्क खाधन्न वितरण कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ। निशुल्क खाधन्न वितरण कार्यक्रम न्युयोर्क शहरको क्वीन्स बोरो स्थित विभिन्न संघ-सस्थाहरु मार्फत गर्यो। २८औं पटकको निशुल्क खाधन्न वितरण आज दिउँसो ३ बजे सम्पन्न गरेको छ ।

गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले रिभर फण्डका मुख्य उत्पादन अधिकारी डा. ओट्टो स्टार्जमेन सँग सहकार्य गरी १,१५२ बक्स निशुल्क दुग्धजन्य पदार्थहरू, फ्रोजन चिकेन, तरकारी र फलफुल वितरण गरेको यसै फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरे जानकारी गराउनु भयो।

गिरिजाप्रसाद कोईराला फाउण्डेसन अमेरिकाले न्युयोर्कको क्वीन्समा रहेका संघसंस्थाहरु क्रमश: वालुङ किदुग युएसएलाइ ९६ बक्स, मगर संघ अमेरिका-१४४ बक्स, शेर्पा किदुग अमेरिका-९६ बक्स, ह्याेल्माे समाज -४८ बक्स, घ्याल्सुम्दाे सेवा संस्था र दाेन्डुप लामा-४८बक्स, ढाेक्प्य किदुग-४८बक्स, मनाङ समाज अमेरिका-४८ बक्स, गुरूङ(तमु) साेसाईटी-४८ बक्स, जिरेल एसाेसियसन-४८ बक्स, मुगु समाज -४८बक्स, तमु पेल्हाे समाज-४८बक्स, राम खड्का (अनिल मार्फत )-१० बक्स, पाल्जु शेर्पा+टेक बा. कार्की +भाेज राज थोक्कर-४८बक्स, बिजय थुलुङ्ग+तेम्वा शेर्पा+आङ गेलु शेर्पा -४८ बक्स, एन आर एन(न्युयोर्क )का अध्यक्ष राम हरि अधिकारी मार्फत-४८ बक्स र लाईन मार्फत सार्वजनिक बितरण २७८ बक्स निशुल्क दुग्धजन्य पदार्थहरू, फ्रोजन चिकेन र फलफुल वितरण गरेको थियो।

फाउन्डेसनको निःशुल्क खाधन्न वितरण कार्यक्रममा तन, मन र बचन दिएर क्रमशः उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य एवं समुदाय सम्बन्ध निर्देशक छिरीङ्ग राप्के लामा, केन्द्रीय सदस्य द्वय राम चन्द्र अधिकारी र सुर्य सिमखडा खटिएका थिए भने स्वयंसेवीहरु ने.का. युवा नेता क्रमशः अनन्त राज सुवेदि, पंकज सुब्बा, साङतेम्बा शेर्पा, फुर्पा शेर्पा, छेवाङ शेर्पा, आङ पासाङ शेर्पा, सेरगेल्पु शेर्पा, दावा शेर्पा, रिनजेन शेर्पा, सानु शेर्पा, सुश्री निमा लामा, सुश्री दावा शेर्पा, शेर्पा संघ अमेरिका का महासचिव फुर्वा शेर्पा, टंक खडका, मुना भन्डारी केसी, ने. का. नेत्री कमला पन्त-न्युयार्क, घ्याल्सुम्दाे सेवा संस्था अमेरिका कि अध्यक्ष निमा ल्हमो, वरिष्ठ लोक गायिका संगीता थापा मगर लगायत खटिएका थिए ।

गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले रिभर फण्डका मुख्य उत्पादन अधिकारी डा. ओट्टो स्टार्जमेन लाई धन्यवाद एंव आभार प्रकट गरेको छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …