तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता धनराज गुरुङले कोरोना सन्क्रमीतले आजदेखि परिक्षण र उपचार खर्च आफैले ब्यहोर्नु पर्ने गरी सरकारले गरेको निर्णय आपत्तिजनक रहेको बताएका छन ।

सरकारले कोरोना भाईरसको परीक्षण र उपचार नागरिक आफैंले गर्नुपर्ने भनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतवार नियमित प्रेस ब्रिफिङका क्रममा सो कुरा जानकारी दिए पश्चात नेता गुरुङले आपत्ति जनाएका हुन 

धनराज गुरुङकै शब्दमा: कोरोना सन्क्रमीतले आजदेखि परिक्षण/उपचार खर्च आफैले ब्यहोर्नु पर्ने सरकारको निर्णय आपत्तिजनक छ। जनताको थाप्लोमा ऋणको भारी बोकाएर @PM_Nepal ,मन्त्री र सांसदहरुले दशैं भत्ता खाने तर महामारीमा जनताले परिक्षण/उपचार खर्च आफैले ब्यहोर्ने? सरकार चलाउन नसक्नेले पार्टीकै सक्नेलाई छाडिदेऊ।

नेता गुरुङ्ले जनताको थाप्लोमा ऋणको भारी बोकाएर मन्त्री र सांसदहरुले दशैं भत्ता खाने तर महामारीको यो अवस्थामा   जनताले कोरोना परिक्षण र उपचार खर्च आफैले ब्यहोर्ने? भनी प्रश्न गरेका छन, नेता गुरुङ्ले सरकार चलाउन नसक्नेले छाडिदेऊ समेत भनेका छन ।

सरकारले आर्थिकरुपमा विपन्न, अशक्त, असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीमा लक्षण भए मात्र सरकारी खर्चमा परीक्षण र उपचार निःशुल्क गरिने अन्य ब्यक्तीले आँफैले गर्नु पर्ने भनी निर्णय गरेको प्रवक्ता डा. गौतमले आइतवार नियमित प्रेस ब्रिफिङमा जानकारी गराएका थिए ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …