तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

नवलपुर-विश्वभर महामारीको रूपमा फैलिएको कोभिड–१९ परीक्षणका लागि नवलपुर जिल्लामा पहिलो पटक पीसीआर मशिन भित्रिएको छ ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु जिल्ला अस्पताल डण्डामा रहने गरी संघीय सरकारले शनिवार पीसीआर मशिन हस्तान्तरण गरेको हो । 

जिल्लामा पीसीआर मशिन नहुँदा चितवन, पोखरा लगायतका स्थानमा लगेर कोभिड–१९ को परीक्षण गर्नुपर्ने अवस्थामा मशिन भित्र्याइएको हो । मशिन भित्र्याइएको भए पनि यसलाई जडान गरेर नियमित सञ्चालनमा ल्याउन १ महिना लाग्ने स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताए ।

मशिनका लागि स्थान र जनशक्ति व्यवस्थापन, मशिनको गुणस्तर परीक्षण लगायत काम बाँकी रहेकाले गर्दा पीसीआर मशिन सञ्चालनका लागि कम्तिमा १ महिना लाग्ने चापागाईको भनाइ छ । 

जिल्लामा संक्रमणको दर बढिरहेको अवस्थामा संघीय सरकारका तर्फबाट उपलब्ध गराइएको पीसीआर मशिन सांसद तिलक महतले अस्पतालका अध्यक्ष डा. गोपाल खनाललाई हस्तान्तरण गरे । पीसीआर मशिन आएपछि अब रिपोर्टका लागि धेरै दिन कुर्नुपर्ने अवस्थाको अन्त्य भएको भन्दै सांसद महतले यसले कोभिड विरुद्धको लडाइँलाई अझै सहज बनाउने बताए ।

कार्यक्रममा महतले जिल्ला अस्पताललाई स्तरोन्नति गर्दै जिल्लामैै सबै सेवा उपलब्ध गराउनतर्फ आफूले संघीय सरकारसँग पहल गरिरहेको बताए ।

नयाँ मशिनले १ पटकमा ९०–१०० वटा नमूनाको परीक्षण गर्न सक्ने क्षमता रहेको अध्यक्ष खनालले बताए । उनका अनुसार सो मशिनबाट दैनिक ४००–५०० नमूनाको परीक्षण गर्न सकिने छ । हाल नवलपरासीपूर्वमा संक्रमितको संख्या १ हजार २९९ पुगेको छ । 

संक्रमितमध्ये ८५० जना निको भएका छन् भने १० जनाको मृत्यु भइसकेको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …