तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

सिरहा-सिरहाको धनगढीमाई नगरपालिका–११ स्थित महेन्द्र गेनाई अस्पतालको आइसोलेसनबाट फरार भएका एक थुनुवालाई आज प्रहरीले पक्राउ परेको छ ।

चोरी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका लहान नगरपालिका–१३ निवासी रवीन्द्र यादव गत भदौ ९ गते बेलुका शौचालयको झ्यालबाट हामफालेर फरार भएका थिए । उनलाई लहान नगरपालिका–१९ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

स्वाब परीक्षणका क्रममा गत साउन २८ गते उनमा कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि यादवलाई महेन्द्र गेनाई अस्पतालको आइसोलेसनमा राखिएको थियो । उनी त्यहीँबाट फरार भएका थिए । 

गाँजासहित  पक्राउ

प्रतिबन्धित लागुऔषध गाँजासहित सिरहाको बरियारपट्टिबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बरियारपट्टिबाट खटिएको प्रहरी टोलीले बरियारपट्टि गाउँपालिका–१ खोक्सीस्थित भारतीय सीमा क्षेत्रबाट करीब पाँच किलो गाँजासहित बरियारपट्टि–१ निवासी गणेश शर्मा, औरही गाउँपालिका–२ तुलसीपुर निवासी श्रवणकुमार यादव र गणेश यादवलाई पक्राउ गरेको हो ।

स९प ३९१० र स११प ३५४० नंको मोटरसाइकलमा सवार उनीहरुको साथबाट उक्त परिमाणमा गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालिग्राम पौडेलले जानकारी दिए। 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …