तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

सुशिल सुबेदी

गत साता मात्र प्रदर्शनमा आएको झुप्रो घरको नामक दशै गितले बजार तताइरहेको छ । गाउँघर तिर उकाली ओराली  मेलापात ,घाँस दाउरा गर्दा हरेकले यो गित गुन्गुनाइरहेका हुन्छन । बालक होस या वृद्ध युवा होस या युवती किशोर होस या किशोरी  हरेकको आवाजले यो गित खोजिरहन्छ  ।

आदर्शवादी जागरणशिल व्यत्तित्व सुर्यमणी आचार्यको लय र स्वरमा रहेको  यो गित सुन्दा  आखा नरसाउने को न होला र ??? मन नपग्लने को न होला र ? भिडियो हेर्दै कठै नभन्ने को न होला र???                               

सत्य यथार्थतालाइ चित्रण गरिएको गित निकै उचाईमा रहेको छ । गरिबका भित्री मर्मान्तक मर्मस्पर्शी भावना र वेदनाको आवाजलाइ वुलुन्द पार्दै उनि लोकप्रीय सब्बल गायकको  रुपमा स्थापित भैसकेका छन । 

आचार्यको जन्म सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका ५ थुम्कामा भएको थियो बाल्यकाल इन्द्रावतीमै बिताएका उनले दर्जनौ गित बजारमा ल्याइसकेका छन   रत्न पारक घुम्न जाउन यार , डाडैमा हावा सरर, पानी खानि ए है काली आदि गितले दर्शक स्रोताको मन जितिसकेका छन। वर्तमान परिवेशमा सन्देशनात्मक भन्दा पनि उत्तेजनात्मक गितले प्रत्यक्ष प्रभाब पारिरहेको छ ।   तर पनि उनको गितले भने कुनै उच्छृङ्खलता नभई सन्देशनात्मक तरिकाले निरन्तर धारा प्रवाह गरिरहेको छ ।     

गरिबका वेदनाको आवजलाइ उचाईमा लगि बुलन्द पार्ने गायक आचार्य गरिब,शोषित, बर्गको खबरदारीताको महागायक नै हुन भन्दा फरक नपर्ला ! उनी गिती  माध्यमबाट लोकलाइ मनोरञ्जनात्मक सहित सन्देशमुलुक  ज्ञान सिकाएमा मात्र समाज सभ्य र गित सुयोग्य ठहरिन्छ भन्ने कुरामा विस्वस्त छन ।                                  

नागबेली मिडियाले तयार पारेको सुर्यमणी आचार्य र सुन्तली खड्काको स्वरमा रहेको झुप्रो घरको नामक दशै गित निकै मर्मभेदी छ । खबरदारिताको महागायक सहित सन्देशनात्मक गितले गति पाओस् चौतर्फी  उन्नति कामना सहित सम्पुर्ण टिमलाई बधाई 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …