तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

यज्ञ कुमार राई

कुबेत-नेपालि जनसम्पर्क समिती कुवेतले दुबै मृगौला फेल भएका सुनसरीका दुर्गा देवकोटालाई आर्थिक सहयोग गरेको छ ।

जिल्ला तरुण दल सुनसरीका बर्तमान सभापति तथा महासमिति सदस्य सिजन गुरुङको समन्वयमा नेपाली काङ्ग्रेस भातृ संगठन नेपाली जनसम्पर्क समिति कुवेतको पुर्ब सभापति तथा बर्तमान बरिस्ठ सल्लाहकार मन्जित चाम्लिङ राइको पहलमा तरुण दल सुनसरी का पुर्ब अध्यक्ष समेत रहनु भएका देबकोटालाइ ३७ हजार ७ सय ३६ रुपैया आर्थिक सहयोग उपलब्ध गराएको हो ।

सहयोगी हातबाट उठेको उक्त संकलित रकम महासमिति सदस्य बाबुराम बिष्ट, शिक्षक महासंघका पुर्व सुनसरी सचिव एबम् स्थानीय बुद्धिजीवी बालकृष्ण अधिकारी तथा सुनसरीको बराहक्षेत्र तरुण दलका नगर अध्यक्ष पवन चाम्लिङ लगायतले सहयोग रकम मङ्गलबार पीडित देवकोटाको घरमै गएर पत्नि कविता देवकोटाको हातमा हस्तान्तरण गरिएको नेपाली जनसम्पर्क समिति कुवेतले जनाएको छ ।

हाल घोपा क्याम धरानमा उपचार गराईरहनु भएको पिडित देबकोटालाई यस अगाडि पनि जिल्ला अध्यक्ष गुरुङको पहलमा बेलायतबाट एक लाख ९० हजार, तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतको पहलमा अमेरिकाबाट दुई लाख २३ हजार, जिल्ला कमिटि सुनसरीका तर्फबाट एक लाख १७ हजार रकम सहयोगी हातहरु बाट प्राप्त भईसकेको देबकोटाको धर्मपत्नी कबिताले बताईन ।

उनी भन्छिन्” आर्थिक अबस्था कमजोर भए सङ्गै श्रीमानलाई बचाउँन आफू सङ्ग भएको जायजेथा सकिन्दै गए पछि देश बिदेश बाट सहयोगिहातहरु खोजेका हौं ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …