तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

अशोक के.सी

यस लोकमा  श्रृष्टी ठुलो कि दृष्टि? छुट्याउनै गाह्रो छ
उच्चतम प्राणी मानिसै हो ऑखा दुई मनएक के अपुरो छ
हेर्ने ऑखाले छुट्याई मनज्ञानले सोच बदले यहॉ काफ़ी छ
दृष्टि हल्का टाढा होला हेराईंमा मनको दृष्टि फेर्दा नाफा छ । 

आजका दिनहरु भयावह अकाल मृत्यु श्रृष्टीका दोष होईन
दृष्टिमा मानवीयता होस सृष्टि बदल्नु मानसिकता होईन
नजाने नभोगेको कोरोना कोभिड नामले परिचित यो बिश्वमा
सतर्क नभए यसमा दयामया ईच्छा पनि मर्दछ पक्कै ईश्वरमा । 

नेपाल थियो कोखैमा चीनको छुन सकेन कसैलाई झट्ट किन
श्रृष्टी देखी सच्चा हामी ज्यान जरिबुटीको हुनाले बच्नेछौ पनि
स्वस्थ श्रृष्टीको संसारमा फैलियो कोरोना सोत्तर भए नरहरु
बिकासले हुदो रैनछ दृष्टि बदल्नु जरुरी छ तब नै डर्छ भयहरु।

चीन इटली हुदै हानियों अमेरीका साह्रै बिशाल बाढ़ी बन्यो
एल्महर्स्ट अस्पतालमा हजारौ मृत्यु ठॉऊ नपुगी खात भयो
आखिर छ फ़िट किन पुगेन अझै बिकासको दृष्टि बदलेन
कॉचो मानसिकता थ्यो र यो नियती भयो भोग्ने रहर थिएन । 

जगतको भलो सोचौ सतर्क भै मानव हिताय उच्चारण गरी
बिश्व स्वास्थ्य विभागको नियममा बसौ है नपछुताउने गरि
नेपाल अझै चोखो छ केबल हौवामा कहर बढाइदैछ यसरी
बजेटै हो हल्ला देशमा आख़िर सतर्क रहे रोगले छुदैन त्यसरी।

लकडाउनले घरमा थुनिएका मानसिकता बन्द नहुन सेवा गरौ आध्यात्मिकता ध्यान योग वाचन हॉसी खुसी भै डरहरु भगाऊँ
जीबन बिज्ञानको यात्राबाट जगतमा स्वज्ञान सेवा भाव बॉडौ
आजै अगाडी बढौ म बाट हामी सन्तुष्ट पारौ संगतको भंडार ।

सृष्टि बदल्न समाप्तै हुनुपर्छ तर दृष्टि बदल्न आजैबाट शुरुआत हुनसक्छ । 

जयमातृभुमी । हरिॐ हरिॐ हरिॐ हरिॐ

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …