तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

कैलाली-कैलालीको टीकापुर नगरपालिका–६ का बासिन्दा समाजसेवी कुमारराज शाहीले बिघा बढी जग्गादान गरेका छन् ।

रानी–जमरा कुलरिया सिँचाइ आयोजना मूल समितिका अध्यक्ष शाहीले टीकापुर नगरपालिका–६ का विभिन्न विद्यालयलाई गरी एक बिघा बढी जग्गादान गरेका हुन् ।

टीकापुर–६ वडा कार्यालयलाई उच्च घर निर्माणका लागि भगवानपुरस्थित २ कठ्ठा एक धुर जग्गादान गरेका हुन । ‘मनकारी शाहीले जग्गादान गरेपछि बाढीपीडितका लागि उच्च घर निर्माण शुरू भएको छ,’ वडाध्यक्ष बलिराम चौधरीले भने, ‘उच्च घर निर्माण आवश्यक थियो तर जग्गा अभाव थियो । आफ्नो ठाउँको विकास र समस्या समाधान गरौं भन्ने भावनाका धनी समाजसेवी शाहीले जग्गा दिएपछि भवन निर्माण भइरहेको छ ।’

शाहीले सोही जग्गासँगै रहेको १० धुर जग्गा विद्युत् सहकारीको भवन निर्माण र शिवमन्दिरका ट्रष्ट निर्माणका लागि समेत दान गरेका छन् । भगवानपुरस्थित रहेको शाहीको सो जग्गा १४ लाख रुपैयाँ बराबरको रहेको बताइएको छ । शाहीले यसअघि पनि थुप्रै संघसंस्था र विद्यालयलाई जग्गा उपलब्ध गराएका छन् । विक्रम संवत् २०५६ सालमा ज्ञानोदय आधारभूत विद्यालय नुक्लीपुरलाई ४ कठ्ठा, खड्ग प्रावि भगवानपुरलाई ४ कठ्ठा जग्गा दिएपछि यी विद्यालय स्थापना भएका हुन् ।

‘मनकारी शाहीले विक्रम संवत् २०६५ सालमा सत्ती प्रहरी चौकीको भवन निर्माणका लागि १० कठ्ठा जग्गा उपलब्ध गराएपछि प्रहरी चौकी भवन बनेको हो,’ स्थानीय परशुराम महतोले भने, ‘हाल प्रहरी चौकी उहाँले उपलब्ध गराएको जमिनमा छ । जहाँ–जहाँ समस्या र आवश्यकता भयो शाहीले सहयोग गर्नुभएको छ ।’

‘शाहीले करोडौं मूल्यका जग्गा मात्र दान नगरी समुदायमा अन्य खाले सहयोग पनि गर्दै आएको महतो बताउनुहुन्छ । उहाँले गरीब तथा मुक्त कमैयाका छोराछोरीको अध्ययनका लागि समेत सहयोग गर्दै आउनुभएको छ । हरेक वर्ष सहयोग पठाउनुहुन्छ,’ महतो भन्छन्, ‘कति विद्यार्थीको शुल्क, कापी किताब उहाँले पठाएको रकमले मैले किनिदिएको छु । गरिब र असहाय परिवारलाई आर्थिक सहयोगसमेत गर्दै आउनुभएको छ ।’

दानवीर शाहीले समुदायको आवश्यकतानुसार थोरै–थोरै जग्गा सहयोग गरेको बताए । ‘समस्या परेका बेला आफूसँग भएको थोरै जमिन सामाजिक विकासमा लगाउने सोच बनाएको हुँ,’ शाहीले भने, ‘विकासमा बाधा नहोस् भनी सक्दो गरें ।’

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …