तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडाैं-गत वर्षको डिसेम्बरको सुरुतिर चीनको उहानमा पहिलो पटक एक व्यक्तिमा कोरोनाभाइरसको संक्रमण देखियो । सो भाइरसको संक्रमण उहानमा यसरी फैलियो कि चीनले भाइरस नियन्त्रणका लागि लामो समय लकडाउनकै गर्नुपर्यो । सुरुका केही महिनामा लकडाउन गरेर चीनले उहानमा परीक्षणको दायरा ब्यापक बनाउँदा ठूलो संख्यामा संक्रमित भेटिए भने केही हजारको ज्यान समेत गयो ।

विश्वमै नौलो भाइरस अन्य मुलुकमा फैलिन सुरु गर्दैगर्दा चीनले भने भाइरसविरुद्धको लडाइमा करिब विजय हासिल गर्दै गयो । अहिले पनि चीनमा संक्रमण त देखिने क्रम रोकिएको छैन तर प्रकोपको महामारीको अवस्था नरहेको बताइन्छ ।

हालसम्म चीनमा कोरोनाभाइरस संक्रमितको संख्या ८५ हजार ४३४ पुगेको छ भने त्यसमा ४ हजार ६३४ जनाको मृत्यु समेत भएको छ । यस्तै हाल चीनमा सक्रिय संक्रमित १८९ जनामात्रै रहेको वर्ल्डोमिटर्सको तथ्यांकले देखाएको छ भने २ जनाको अवस्था गम्भीर छ ।

चीनमा भन्दा धेरै पछि कोरोना संक्रमित पहिचान भएको नेपालमा भने पछिल्लो समय संक्रमण दर ह्वात्तै बढेको छ । सरकारले गरेको लकडाउन र निषेधाज्ञा अधिकांश स्थानमा हटाइनुका साथै पर्याप्त स्वास्थ्य सुरक्षा मापदण्ड समेत पालना नहुँदा पछिल्लो समय संक्रमण ह्वात्तै बढेको हो ।

यसरी संक्रमित बढ्ने क्रममा नेपालमा चीनको भन्दा ८६५ जनामात्रै कम संक्रमित रहेका छन् । अर्थात शनिबारसम्म नेपालमा संक्रमितको संख्या ८४ हजार ५७० पुगेको छ भने जसमध्ये सक्रिय संक्रमित २१ हजार ३०२ जना रहेका छन् । यस्तै हालसम्म ५२८ जनाको मृत्यु भएको छ ।

स्मरणीय कुरा के भने भने नेपालमा पहिलो पटक चीनबाट आएका एक विद्यार्थीमा नै कोरोना संक्रमण पुष्टि भएको थियो । गत वर्षको माग १० गते चीनको उहान युनिभर्सिटीमा पीएचडी अध्ययनरत ३२ वर्षीय पुरुषमा नेपाल आएको बेला कोरोना पुष्टि भएको थियो ।

हालसम्म चीनमा १६ करोड मानिसमा कोरोना परीक्षण भएको बताइएको छ । यता नेपालमा भने शनिबारसम्म १० लाख ६१ हजार ६६४ जनाको कोरोना परीक्षण भएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …