• मङ्गलबार, मङ्सिर-९,२०७७ |
  • तपाईंको आगमन
  • हाम्रोबारे
  • हाम्रो समूह
  • सम्पर्क पृष्ठ

तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

  • 59
    Shares
आगमन खबर

काठमाडाैं-देशभर तीव्र रुपमा फैलिरहेको कोरोनाभाइरस प्रधानमन्त्री निवास बालुवाटारमा पनि फैलिएको छ । बालुवाटार स्थित प्रधानमन्त्रीको सरकारी निवासमा कोरोना फैलिएपछि तरंग उत्पन्न भएको छ भने प्रधानमन्त्री केपी शर्मा ओलीको अवस्थाप्रति सर्वत्र चासो रहेको छ ।

केही महिनाअघि मृगौलाको सफल प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीले बालुवाटारमा भेटवार्ता र छलफललाई निरन्तरता दिँदै आएका छन् भने यसअघि देखि नै उनी जोखिममा रहेका थिए । अहिले प्रधानमन्त्रीकै सल्लाहकार र सचिवालयमा कार्यरत कर्मचारी, सुरक्षाकर्मीलगायतका गरी ६ दर्जन बढीमा संक्रमण पुष्टि भएको हो ।

यद्यपि प्रधानमन्त्री ओलीको रिपोर्ट नेगेटिभ देखिएको सचिवालयका एक अधिकारीको दावी छ ।

केही दिनअघि प्रधानमन्त्रीको निजी चिकित्सक दिब्या सिंह शाहमा कोरोना पुष्टि भएपछि बालुवाटारमा कार्यरतहरुको पीसीआर परीक्षण गरिएको थियो । परीक्षणका क्रममा ठूलो संख्यामा कोरोना पोजेटिभ पाइएको हो ।

शुक्रबार स्वाब संकलन पछि गरिएको कोरोना परीक्षणमा प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापाको रिपोर्ट शनिबार पोजेटिभ देखिएको छ । उनीहरुले आफूहरुलाई कोरोना पोजेटिभ भएको भन्दै सार्वजनिक जानकारी दिँदै सम्पर्कमा आएकाहरुलाई सर्तक रहन अनुरोध गरेका छन् ।

केही दिनयता बालुवाटारमा कोरोना भए–नभएको एकिन गर्न अधिकांश सचिवालयका सदस्य, कर्मचारी, चालक, सुरक्षाकर्मी लगायतको स्वाब संकलन गरिएको थियो ।

सम्बन्धित पोष्टहरू
लेख रचना/कबिता

घोडाको पुच्छरको रङ्ग कस्तो थियो ? – रोचक कथा

घोडाको पुच्छरको रङ्ग कस्तो थियो ? – रोचक कथा
पत्रपत्रिका

किन आउँदै छन् चिनियाँ दूत ?

काठमाडाैं। भारतीय पक्षबाट नेपाल भ्रमण बढिरहेका बेला चिनियाँ राष्ट्रपति सी चिनफिङले विशेष दूत काठमाडौं पठाउँदै छन्। चिनियाँ रक्षामन्त्री वेई फेङहे राष्ट्रपति सी चिनफिङको सन्देश लिएर …

कुनै पनि सर्तमा पार्टी फुट्न दिन्नँ : प्रचण्ड

काठमाडाैं। सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सचिवालय बैठकमा आफूले पेस गरेको प्रस्ताव फिर्ता नलिने बताएका छन्। प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव …

फेसबूकबाटै १० लाख ठगी

काठमाडाैं। बाजुराको हिमाली गाउँपालिका–४ का २७ वर्षीय रूपचन्द्र पाण्डे र स्याङ्जाको वालिङ नगरपालिकाकी २९ वर्षीया एक महिलाबीच फेसबुकमार्फत सात महिनाअघि चिनजान भयो । विस्तारै कुराकानी …

आआफ्नै रणनीतिमा ओली-प्रचण्ड, मिल्ने सम्भावना कति 

काठमाडाैं। पार्टीभित्रको झगडालाई नजिकबाट नियालिरहेका नेताहरुका अनुसार यसपटक विगतमा जस्तो दुई अध्यक्ष मिलिहाल्छन्, दुई–चारवटा पदीय भागबन्डामा कुरा मिलेपछि आगालो मारेर हिाडिहाल्छन् भन्ने स्थिति छैन । …