तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडाैं-पूर्वराष्ट्रपति डा. रामवरण यादवले चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग राख्दै अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

विश्व अहिंसा दिवसको अवसर पारेर यादवले केसीलाई भेटेर उनको मागमा ऐक्यबद्धता जनाएका हुन् ।

यादवले केसीको मागलाई सम्बोधन गर्न सरकारसँग आग्रह गर्दै सोलिडारिटी जनाउन आएको बताएका थिए । यादवले डाक्टर केसीको स्वास्थ्य संवेदनशीलताप्रति चिन्ता जनाए ।

जुम्लामा पुगेर अनशन शुरू गरेका डा. केसी अहिले त्रिवि शिक्षण अस्पतालमा छन् ।चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै डा. केसी १८ दिनदेखि अनशनमा छन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …

प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिन्छ : अध्यक्ष दाहाल

चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …

प्रेस स्वतन्त्रता सेनानी झा पुरस्कृत

सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …