तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

अशोक के.सी.

एउटा सिंगों संसार तर एक्लै कोरोना रैछ एकछत्र
त्यसैको डरले संसारैको उडायो होस सबै अलपत्र
कत्रो तिब्रगति चिन हुदै युरोप अमेरिका छिचल्यो
धनी र सम्बृद भन्ने देश पनि निकै कोलाहल बन्यो ।

एउटा रोगी रोगैरोगले घर मै कैदी झनै कोरोना को जेल
कोभिड १९ को गेट भित्र बेसारपानीले बाच्ला र कतिन्जेल
उड़ान बन्द गुडान बन्द  भित्र भित्र भ्रष्टाचारको गन्धैगन्ध रेलपानीजहाज थॉति संसोधन कानुन सबै कर्फ़्यू ले बन्द ।

गरिब देशका जनता ५ किलो चाहारा ५२ हप्ताको आहारा
सुखी सम्बृदीको गणतन्त्र सरकार गर्दै छ रातों कार्पेटी सवार बालुवाटार ओम्नी यति लिपु बलात्कार देख्दैन यो सरकार भ्रष्टाचारको दुलो जालो रोक्न पुनर्गठन लागे अब तस्कर ।

खाना बॉड्ने गरिबका भगवान दिनदिनै जेलका क्षणीका बास
निस्ठुरी मनुवा आदेश भन्दै मेटाउदै हिड्छन गरिबका गास
जन्ताकै करका सिपाही हुन ती प्रहरी प्रशासन किन यस्तो?
निर्मोही सरकार खोल्दैन ऑखा कान मुख मिलाउँछ झ्वास्स।

टुडिखेलमा हवाई सवार पुष्पबृष्टी कतै भोकालाई भोजन
ढाडिएको पेट लिई लखेटे झनै त के रह्यो राष्ट्रपतिको वजन
मदनकी मुना हुन कि भनी राखे सिंहासन सत्यको छैन बास
यस्तालाई चिनेर मक्कलै साबित के गर्नु र देशले अब आस। 

ओलीलाई गोली बनाउदा बारुदै झै पर्परी उखान बसी बसी
खतिवडा जबरा बोकी झोलीमा घोट्दै छन सम्बृदीको कसी
धपाउदै कुलमान लुकाई बिधुतमहसुल आफ्नालाई चाकरी
धुकुडीले नपुगेर ऋणैमा डुलाये ५ किले र ५ करोडे बराबरी । 

कोरोनाले हैन करुणा नै हराएको मेरो देश सम्बृदी अब खै
के आउला र लॉउला प्रजातन्त्रको मलम मृगै तृष्णा पो झै
के गणतन्त्र संधै कर्फ़्यू कानुन एयरपोर्ट यति ओम्निका के कुरा अनियमितता के आरोप लागेथ्यो प्र म नै तिखार्छन जुंगा र छुरा ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …