तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

हिरा सिंह बिठाडी

(बाजेले नातिलाइ सम्बोधन गर्ने शब्द)

के सोध्छौ बा 

हजुरको तागत

का छ भनेर 

सकि न सकि 

यि कोमल हातले 

यो जगतका सब्बै 

पाषणहरु फुटाए ।

अनि मेरो तागत त! 

मैले ति पाषणहरुलाई नै दिई सके

बस त्यही खुशिको लागी 

जिन्दगी कुनै कल्पना होइन

जिन्दगी त एक वास्तविक्ता हो 

समय कुनै बाहाना होइन

समय त एक आखा अगाडी र पछाडीको भित्ता हो।

के सोध्छौ बा

हजुरको चेतना

का छ भनेर 

मेरो चेतना त 

त्यो बिगतको समयका 

परिस्थिति सङ्गै रहेका छन 

यो जिन्दगी काट्ने एक 

सहजै सरल आधार भएका छन।

जब त्यो समयको परिस्थिति 

टार्नको लागी यो चेतना

त्यही प्रयोग भैसक्यो 

बस त्यही

खुशिको लागी ।

यो बास्तबिकता जिन्दगी हो

यहाँ अर्को फुललाइ फक्राउन

एक फुल ओइलिनु पर्छ 

त्यस्तै अर्को जिवन उत्पादन गर्नको लागी 

आफ्नो जिवनको तागत रित्याउनु पर्छ।

के सोध्छौ बा

मेरो जस्तो हजुरको 

कपाल खोइ भनेर

मेरो काला केशहरु त 

सब्बै तिमिलाइ 

प्रदान गरिसके ।

बस त्यही 

खुशिको लागी 

यो शिरै झुक्नु भनेको हार्नु होइन

शिर त आदर सम्मान प्रदान गर्दा पनि त झुक्छ नि 

आशु झर्नु भनेको रुनु होइन 

आशु झर्न त सधै मन खुशी भए त पुग्छ नि 

के सोध्छौ बा

हजुरको जिन्दगीको जोस का छ भनेर  ?

मेरो जोसको रगत त तिमि हौ 

जहा तिम्ले जोसका थोपा 

उमाल्नु नै मेरो जोस हो 

त्यसैले मैले मेरो 

जिन्दगीको जोस 

तिम्लाइ दिइ सके 

बस त्यही 

खुशिको लागी 

 

सुन बा 

मैले जति गरेको छु 

त्यस्को परिणाम तिमि हौ 

तिम्रो हासो को कारण 

तिम्रो दुखको कारण 

सबै मै एक अहिलेको 

असक्त्त तिम्रो नजरको 

लुरे र तिम्रो जिन्दगीको 

बलवान अनि समयले 

खायको एक सौन्दर्यहिन 

बृद्धअबश्थाको तेरो बाजे हु ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …