तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

यज्ञ कुमार राई

खोटाङको दिप्रुङ चुइचुम्मा गाउपालिका वडा नम्बर–७ टेम्माले आयोजना गरेको नेपाली कांग्रेसको भेटघाट कार्यक्रममा नेकपा र अन्य पार्टीका २६ जना स्थानीय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

दिप्रुङ चुईचुम्मा गाउपालिका वडा न: ७, टेम्मा बजार स्थित    नेपाली काँग्रेस दिप्रुङ चुईचुम्मा वडा न. ७, का सभापति  कनक राईको सभापतित्वमा भएको एक कार्यक्रममा नेपाली काङ्ग्रेस महासमिति सदस्य एवम् युवा नेता  रबि प्रकाश राईको प्रमुख अतिथित्वमा २६, जना नेपाल कम्युनिस्ट पार्टी  (नेकपा) समर्थक कार्यकार्ताहरु पार्टी परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेका हुन ।

प्रवेश गर्नेहरुमा मन्त्री बहादुर मागर, केशव खत्री, जीवन राई, धिराज राई, सानुकाजि राई, मनकुमार भुजेल, मनदिरा मगर, रत्न बहादुर मगर , डजेन्द्र मगर, खेमा मगर (राई) पशुपति मगर, भिम कुमार राई, निर्मन राई, केमन राई, सरोज राई, नवराज राई, संगिता मगर, योगेन्द्र राई, गजेन्द्र राई, जयप्रकाश राई, खड्ग बहादुर राई, गजेन्द्र बहादुर मगर, कविराज राई, सुवास राई, धन कुमार राई रहेका छन् ।

आयोजित कार्यक्रममा नव प्रवेशी हरुलाई प्रमुख अतिथि रवि प्रकाश राई, विशेष अतिथि नेपाली काँग्रेस खोटाङ क्षेत्र नं २ (ख) का क्षेत्रीय सभापति तिर्थराज भट्टराई, जिल्ला सदस्य शरण कुमार राई, दिनेश घिमिरे, नेविसंघ खोटाङका वरिष्ठ जिल्ला उपाध्यक्ष नईन्द्र राई, सचिव रोहित राई, नेपाली काँग्रेस खोटाङ काठमाडौं सम्पर्क समितिका महासचिव डम्वर खड्काले स्वागत गर्नुभएको थियो।

सरकार संचालनको कौशल र सिद्धान्त तथा नीतिमा नेकपा पतित र भ्रष्ट्र भएको र लोकतन्त्रको रक्षाका निम्ति कांग्रेसलाई बलियो बनाउनुपर्ने आवश्यकता रहेको कारण कांग्रेसमा प्रवेश गरेको नव प्रवेशीहरुले बताए ।

उक्त कार्यक्रममा नेपाली काँग्रेस खोटाङका आमन्त्रित जिल्ला सदस्य विष्णुराज राई , नेपाली काँग्रेस खोटङ क्षेत्र नम्बर २, का  क्षत्रिय सभापति तिर्थराज भट्ठराई, उपसभापति केशव कार्की, नेपाल शिक्षक  संघका १, प्रदेश उपमहासचिव जर्ण चाम्लिङ राई, नेविसंघ खोटाङका वरिष्ठ  जिल्ला उपाध्यक्ष तथा वि.पि.कोईराला युवा नेत्रित्व मन्चका जिल्ला सयोजक नईन्द्र राई, खोटाङ काठमाण्डौ सम्पर्क समितिका महासचिव डम्वर खड्का, दिप्रुङ चुईचुम्मा गाउपालिका उपप्रमुख सपना राई, गाउपालिका सभापति लक्ष्मि थापा, नेपाल तरुण दलका नेता डि. यश मगर लगायत नेपाली काँग्रेसका नेता तथा   कार्यकर्ताको बाकुलै उपस्थिति रहेको नेपाल विद्यार्थी संघ खोटाङका संगठन विभाग प्रमुख एवम् नेपाली कांग्रेस दिप्रुङ चुइचुम्मा गाउँपालिकाका पार्टी सचिव रोहित राईले जानकारी दिए।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …