तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

खुमकान्त अर्याल - वालिङ -६, मिर्दी

जिन्दगीमा हिसाब कहिले मिल्छ ? मानिसको जीवन के हो ? यस विषयमा धेरै विद्वानहरू, मानवशास्त्रीहरु, दार्शनिकहरु, मनोवैज्ञानिकहरु,समाजशास्त्रीहरु तथा जीव वैज्ञानिकहरुले आफ्ना मतहरु व्यक्त गरिरहेका छन् र यो क्रम जारी पनि छ । अहिले सम्म निर्विकल्प मत् यही हो भनेर निक्र्यौल हुन भने सकेको छैन । मेरो विचारमा जिन्दगी एक नमिलेको हिसाव हो भन्ने जस्तै लागेको हुँदा तत्सम्वन्धमा यहांँ सानो चर्चा प्रस्तुत गर्ने कोसिस गरिएको छ ।

जिन्दगी किन हिसाब हो ? सभ्यता, विज्ञान र प्रविधिको विकाससंगै मानिसहरुको व्यस्तता निकै बढीरहेको देखिन्छ । शहरको चौरहामा बसेर हेर्नुहोस त, मानिसहरु निकै व्यस्त भएर भागदौड गरिरहेका छन् । लाग्छ, सवै मानिसहरु पेशा व्यवसायमा संलग्न छन् र उनीहरु निकै हतार र आपाधापीमा छन् । 

साथी भेट्यो भने एकछिन उभिएर भलाकुसारी गर्नसम्म समय दिन नसकेको भान हुन्छ । कुरा नै गरिहालियो भने पनि निकै हतारको मानसिकतामा हुन्छन् । हरेकको अनुहार नियाल्दा लाग्छ ऊ भित्र कतै जीवनको जोड घटाउ चलिरहेको छ । पेशा व्यवसायमा संलग्न मानिसलाई त ल फुर्सद छैन होला,फुर्सद भएका युवायुवतीहरु कोही केरेमवोर्डमा त कोही मोवाइलको स्कृनमा व्यस्त छन् वयस्कहरु समेत र उनीहरु पनि अरु कसैको कुरा सुन्न चाहना गर्दैनन निकै हतारमा भए जसरी । समयनै निकालेछन भने पनि मानिसहरु आफ्नै कुरा भन्न तम्सन्छन तर अरुको कुरा सुन्न तैयार छैनन् । लाग्छ हरेक वर्ग व्यवसाय र उमेर समूहका मानिसहरु जो पनि वेफुर्सदमा छन् र आफनै जीवनको हिसाव मिलानको प्रतीक्षा गरिरहेका छन् ।

जीवनको हिसाव वाल्यकाल देखिनै सुरु हुन्छ । केही जान्दैन भनेको वालक पनि रेखदेखको लागि कोही नजिक छैन भने रोइकराई गरिसक्छ । अलि ठूलो भएर पढ्न थाले पछि पास हुने नहुने पिरलोमा छन् र आफ्ना साथीहरुको जस्तो कपडा खाजा विद्यालयको रोजाईको पिरलो छ । 

शिक्षकहरु आफ्ना विद्यार्थीको नतीजा कस्तो हुनेछ र अभिभावकहरुबाट जस पाउने नपाउने अनि व्यक्तिगत वन्दोवस्तीकोे पिरलोमा छन् । व्यापारीहरु त झन भन्नै परेन उनीहरुको जीवननै नाफाको लागि हो र आफनो व्यावसायको हिसाव मिलानमा व्यस्त छदैछन् र हिसाव नमिलेकामा वढी चिन्ता उनीहरुलाई हुनेनै भयो । त्यसै गरी मजदुर, किसानहरुको हिसाव त कहिले पनि मिल्ने कुरै भएन किन भने धेरै परिश्रमवाट मात्र थोरै उत्पादन हुन्छ यसै पनि ऋण थपिदै जान्छ । मजदुरको पनि उही हालत छदैछ । 

वेरोजगारको आम्दानीनै छैन यसै हिसाव विग्रने नै भयो । राजनीतिमा लाग्ने नेताहरु पनि पार्टीले योगदानको हिसाव नगरेकोमा गुनासो छदैछ । अवसर पाएका नेताहरु, नेत्रृत्व सफल हुने नहुनेमा र सके सम्म निरन्तर टिकट पाउनको लागि प्रतीक्षामा छन् । टिकट नपाउनेहरु टिकट नदिनेहरुको हिसाव फच्चे गर्ने दाउमा छन् । अन्तर्घात गर्नेहरुको हिसाव मिलानको लागि, टिकट पाएर नजित्नेहरु समयको प्रतीक्षा गरीरहेका छन् सायद यो हिसाव अझै १ /२ निर्वाचनमा पनि मिल्ने छाँट छैन । कार्यालयमा सेवा प्रदायक र सेवाग्राहीहरुको पनि आआफना जीरह छदैैछ । 

प्रेमी प्रेमिकाहरु सकेसम्म धोका नहुने गरी हिसाव मिलानको दाउमा छन् । अरु त अरु जीवनको सारा झन्झटवाट सन्यास लिएर मन्दिरमा वसेर भिक्षाटनवाट जीविका गर्ने सन्यासी समेत हिजो जति भिक्षा नपाएको गुनासो छ, मन्दिरको समितिले राम्रो हेरखोज नगरेको भन्छन् । पुजारीहरु हिजो जति मन्दिरमा आएर भेटी चढाएनन भनेर चिन्तित देखिन्छन् । पुरोहित पन्डित गुरुवर्ग जसले अरुलाई सम्झाउन पर्ने हो उनीहरु पनि आँफैमा कुन्ठित छन् । 

वावुहरु, आमाहरु, दाजुभाईहरु, छरछिमेकी हरु जो हेरे पनि हिसाव मिलाउने धुनमा व्यस्तछन् । यो वाहेक जीवनमा आनन्द लिने अरु कुनै विषयको खवर नपाए जसरी अहिलेसम्म हिसाव मिल्नेहरु कोेही भेटिएको छैन ।

सोध्नुहोस त, तपाई जीवनवाट कति सन्तुष्ट हुनुहुन्छ ? तपाईको आफनो मानिससंग तपाई कति खुसी हुनुहुन्छ ? अंँह जीवन प्रति कोही सन्तुष्ट छैनन् , भन्छन यो यो चीज त ठीकै छ के गर्ने यी यी चीज अपुरो छ । तर आशावादी चाँही छन् कि कुनै दिनमा हिसाव मिल्नेछ, आशा राखिने विषय चाँही जीवनको राम्रो पक्ष हो । कतिले हिसाव मिलाउन नसकेकोमा निराश भएर लागु औषध तथा मादक पदार्थको कुलतवाट ग्रशीत छन् त कोही आत्महत्याको निर्णय सम्म गर्ने गर्दछन् ।

सवै मानिसहरुको मनले हिसाव नमिलेको ठानेर व्यग्र भएको देख्दा लाग्छ के जीवन हिसाव नमिल्ने यन्त्र हो ? । 

हाम्रा आवश्यकता, महत्वाकांक्षाहरु असीमित छन् । हामीसंग जति वस्तु वा अवसर छन् हामी त्यस प्रति सन्तुष्ट कहिले पनि हुन सकेनौं, यो आवश्यकता यथार्थको भन्दा पनि भावनात्मक हुने गर्दछ । सान्सारिक सम्पत्ति, प्रतीष्ठा, पद, रुप अवसर नै जीवनको प्रमुख लक्ष्य हो भनेर वुझेको कारणले गर्दानै समाजमा यसैलाई प्रश्रय दिइने गरेको कारणले हामी असन्तुष्ट हुने गरेका हौँ । 

यी चीजहरु हम्रो जीवनको आवस्यक साधनहरु त हुन तर स्थायी सुखको आधार होइनन । हामीलाई कुनै चीज प्राप्त भएपछि त्यसको लाभ लिएर आनन्द मनाउनुको साटो तुरुन्त अर्को चीजको आकाँक्षा राख्दछौँ । जीवनको दृष्टिकोणमा कहिँ खोट भएको कारणले नै हाम्रा हिसावहरु मिलिरहेको छैन, सान्सारिक वस्तुको क्षणिक आयु, मिथ्यात्वको वारेमा ज्ञान प्राप्त गर्ने, जीवनको परिभाषालाई वदलेर थोरैमा सन्तोष लिने,काम चलाउने वानीको विकास गरेमा जीवनमा हिसाव मिल्न सक्छ, अन्यथा सन्सारको सवै सम्पत्ति र पद प्राप्त गरेपनि हिसाव मिल्ने छाँट देखिदैन, उही मरेपछि िहसाव िमले मात्र । प्रयास गरौं समाजमा सम्पत्तिलाई, पदलाई धेरै महत्व दिने मान्यता वदलाैँ थोरैमा सन्तोष लिने वानीको विकास गरौं, सायद हिसाब मिल्न सक्नेछ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …