तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आशिष बाबु अर्याल

पहिरो सतहि प्रक्रिया हो, भौगर्भिक अध्ययन गर्ने हो भने पहिरो जाने क्षेत्र पहिचान गर्न सकिन्छ । बाढी र पहिरोलाई  भूकम्प संग दाज्न मिल्दैन, भूकम्प पृथ्वीको सहतको धेरै भित्र बाट आउछ भने पहिरो सतह बाटै जान्छ ।

पहिरोले प्राय कमजाेर भएको भु बनाेट खोज्छ ।त्यहि कमजाेर भु बनोट भएको ठाउँ मा पानी पस्यो भने जमिनले ठाउँ छोड्छ र पहिरो को रुप मा खस्छ । विभिन्न बैज्ञानिक ले विभिन्न तरिकाले पहिरोलाई अध्ययन गरेर विभिन्न भागमा बाडेपनि, धेरै जसो पहिरो आउनुमा  पानीले  ठुलो भुमिका खेल्छ । तर  हाम्रो देशको अवस्था हेर्ने हो भने पानी भन्दा पनि भौगर्भिक अध्ययन बिना गरिने बिकास नै पहिरोको प्रमुख बनेको जस्तो देखिन्छ, पानी त केवल हामीले  बिना अध्ययन गरेको बिकास लाई सहयोग गर्न आएको जस्तो ।  

अहिलेका केहि बर्षहरुमा नेपालमा गाउँ देखि सहर सम्म सडक विस्तार तिब्र रुपमा बढेको देखिन्छ, तर पहिरोको अध्ययन र जोखिम पुर्बानुमानमा भने धेरै काम भएको छ जस्तो लाग्दैन । देश भरि बनेका सडकको अनुगमन गर्ने भनेको सडक  बिभाग समेत यस बिषयमा सचेत भएको देखिदैन । स्थानिय  सरकारको त कुरै छोडौँ । 

कतिपय स्थानीय सरकार लाई त भौगर्भिक अध्ययन गर्नु पर्छ भन्ने नै थाहा छ कि छैन जस्तो लाग्छ । जनतालाई पनि बाटो लगाएत अन्य विकासको योजना गाउँमा आए पुग्छ, त्यसले निम्त्याउने जोखिमको बारेमा त  कुरै छैन । पहिरो र यसले निम्त्याउने जोखिमको बारेमा अजै पनि सरकार र सम्बन्धित  सरकारी निकायले पहल नगर्नु र स्थानिय जनतामा चेतनाको अभाबले हो वा पहिरो आउने बर्खामा त हो नि भनेर वास्ता नगर्नु नै नेपाली पहिरोको सिकार बन्नुको प्रमुख कारण हो जस्तो लाग्यो । बिकास आज को आवस्यकता हो, तर विकास संगसंगै विपदको सिकार बन्नु आजको अर्को पिडादायक बिषय हो ।

सडक निर्माणको कारण पहिरो जानु को प्रमुख कारण :

१) प्राय डाँडा पाखाले जमिनको सम्मो भाग संग एउटा कोण बनाउछ, जुन प्राय stable अवस्थामा हुन्छ, तर त्या सडक बनाउदा त्यो कोण बढ्छ, र जमिन stable हुदैन, जसको कारण पहिरो जान सक्छ ।

२) सडक बनेपछि उक्त ठाउँमा भएको रुखबिरुवा हट्ने र नाङ्गो पहाड देखिने भएकोले आकाशबाट परेको पानी सजिलै पृथ्वीको सतह भित्र छिर्छ, र पहिरो निम्त्याउन सक्छ ।

३) अब त्यो भूभागमा बनेको सडकमा, हामीले बाटोको कुनामा पानी को लागि नाली बनाउने चलन नै छैन, बनाईहाले पनि कामचलाउ हिसाबले बिना प्लास्टर बनाईन्छ अनि अलिकति माटो नालीमा पर्यो भने नालि थुनिन्छ अनि बाटोको बीचमा सतह मा बग्ने पानीले कुलो बनाउछ र पानीको कुलो अनियन्त्रित तरिकाले भिर बाट जमिन खोल्दै बग्छ । एसको परिणामको रुपमा सडकको आसपासमा पहिरो जान्छ ।

४) कतिपय ठाउँमा बाटोको आसपासमा प्राकृतिक हिसाबले 

बनेको चिरा पनि नदेखिएको हुन सक्छ, उक्त चिरामा पानी पर्ना साथ चिरामा पानी  छिरेपछि पहिरो जान  सक्छ ।

५) सडक निर्माण गर्नु पूर्व  भौगर्भिक अध्ययन नगर्नु / नगराउनु ।

६) सडकको  नजिक बस्थी पार्ने उध्श्यले  भैराखेको पहाड खारेर बस्ति बसाउने चाहानाले सडक नजिक को पहाड खार्नु ।

सडक ओरपर बाहेक अनयत्र पहिरो जानु को कारण :

पृथ्वी चलाएमान छ( अरथ ईज डाईनामिक) ।पृथ्वी चलाएमान भएसंगै पृथ्वीको सतह भित्रका बस्तुहरु पनि चलायमान नहुने कुरो भएन । यसरी चालायमान पृथ्वीका बस्तु संगै slope balance गर्न पहाडका भूभागका भिर पाखा हरुमा प्राकृतिक रुपमा केहि पहिरो हरु जान्छ । 

यसरि पहिरो जाने ठाउँको अध्ययन गरेर पहिचान गर्न सकिन्छ। यस्तै पृथ्वीको सतह भित्रका बस्तुहरुको  मुभमेन्ट र पृथ्वी भित्र संचित शक्ति  पृथ्वी भित्रका चट्टानहरुमा लागेर ति चट्टानहरु कैले  फुट्छन् त कैले कैले चट्टान नै दोब्रिन्छन र पृथ्वी लाई नै कमजोर बनाउछ। यसरीनैचट्टान फुटेको ठाउँबाट पानि भित्र छिर्दा कैले केहि भाग भने कैले गाउँनै प्राकृतिक रुपमै पहिरोले लान्छ । यस्ता किसिमका पहिरो बाट बच्नको लागि समयसमयमा भौगर्भिक निरिक्षण र आवस्यक परे बृहत्  अध्ययन गर्नु पर्नेपो होकी जस्तो  देखिन्छ । 

हरेक विकासनिर्माणको काम गर्ने हरुलाई पनि  त्यस्बाट निम्तिने विपदको बारेमा वास्ता नहुनु पनि विपदको निम्तिनु को महान कारण हो । त्यसैले विकासको काम गर्ने हरुले पनि जनता र स्थानीय निकायलाई जानकारी गराउने पनि गरेको हुनुन्छ जस्तो लाग्दैन । बिरामी भएर अस्पताल जादा फिजिसीयन ले पनि अरु परिक्षण गर्ने  डाक्टर हरु लाई रिफर गरिदिनु भएन भने मात्र  पनि मान्छे को ज्यान जान सक्छ, जुनबेला हामीलाई एकदम दुख लाग्छ । त्यसैले विकासको योजना संग काम गर्ने र पृथ्वीको सतहमा बसेर काम गर्ने ले समेत विपदको बारेमा अध्ययन गर्न सुजाव दिए पनि विपद बेबस्थापन हुने साथै जनतालाई समेत राहत पुग्ने थियो  कि ।

वास्तबमा हरेक विकास निर्माणको काम गर्दा,  विकास र विपद बेबस्थापन लाई संगै संगै अगाडी बढाउनु पर्ने हो  तर  त्यस्तो धेरै ठाउँमा गरिएको जस्तो लागेन । देशमा गैरहेका प्राकृतिक विपतिको  अवस्था हेर्दा धेरै  ठाउँमा पहिरोको अध्ययन र सडकलाई त झन् संगैसंगै नलगिएको जस्तो लग्यो । सरोकार वाला हरुको अहिलेको भौगर्भिक अध्ययनप्रतिको चासो, सडक बिस्तार र अहिले भैरहेको मनाबिय लगाएत धनजनको क्षति हेर्ने हो भने केहि वर्षमा यो अज बड्ने पो हो कि झैँ लाग्छ । 

हुन त म पनि ठुलो बिग्य त होइन तर एउटा भूगर्भको विद्यार्थी भएको नाताले हेर्दा अहिलेको युग मा पनि बिना अध्ययन बस्ति बसाउनु, सडक निर्माण गर्नु, एउटा पहिरोले ३५-४० जनाको ज्यान जानु र पनि सरकारले पहिरो विपद सम्बन्धि  अध्ययन नहुनु  लज्जास्पद हो कि जस्तो लाग्यो ।अब केन्द्रिय सरकार , स्थानीय सरकार  अनि सम्बन्धित सरकारी  बिभाग अब क्षेत्रको भौगर्भिक अध्ययन अध्ययनमा जोड दिने पो हो कि ?

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …