तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

तनहुँ – जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न अपराध एवं मुद्दामा संलग्न रही फरार रहेका व्यक्तिलाई धमाधम पक्राउ गर्न थालेको छ ।

जिल्ला अदालतबाट फैसला भई दण्डजरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगोसमेत तिर्न बाँकी भई फरार रहेको व्यक्तिलाई प्रहरीले असारको दोस्रो सातादेखि खोजी कार्यलाई तीव्रता दिँदै आएपछि अभियुक्तहरू पक्राउ पर्न थालेका हुन् ।

गत असारमा ९, साउनमा ४५, भदौमा ५४ र असोज ४ गतेसम्म २६ गरी कूल १३४ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।

उनका अनुसार जरिवाना भुक्तान बाँकी रहेका व्यक्तिबाट हालसम्म २३ लाख १५ हजार ८५३ रकम संकलन भएको छ । ठगी, चोरी, बहुविवाह, सवारी ज्यान, कर्तव्य ज्यान, लागुऔषध, बैंकिङ कसुर, किर्ते, वन, सार्वजानिक अपराध, तथा देवानीलगायत मुद्दामा  फरार रहेका व्यक्ति पक्राउ परेको प्रहरीले जनाएको छ । 

तोकिएको कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका भानु नगरपालिका–१३ सम्जुरका ३० वर्षीय सुरेन्द्रकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । तनहुँ जिल्ला अदालतले विक्रम संवत् २०७३ चैत १७ गते बहुविवाह सम्बन्धि मुद्दामा उनलाई १ वर्ष कैद र १० हजार जरिवाना हुने गरी फैसला सुनाएको थियो ।

तीमध्ये ११ महिना १९ दिन कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रही विगत ४ वर्षदेखि फरार रहेका श्रेष्ठलाई पक्राउ गरी जिल्ला अदालत समक्ष पेश गरिएको प्रहरी नायब उपरीक्षक तिमिल्सेनाले बताए ।

लागूऔषध मुद्दाका फरार अभियुक्त बन्दिपुर–१ नहालाका किना परियारलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत तनहुँले विक्रम संवत् २०७७ वैशाख २ गते लागूऔषध सम्बन्धी मुद्दामा उनलाई ६ महिना कैद तथा ३ हजार जरिवाना हुने फैसला गरेको थियो । तीमध्ये ४ महिना १९ दिन कैद भुक्तान गर्न बाँकी रही फरार रहेकी उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार विभिन्न मुद्दाका फरार अभियुक्तमध्ये २५ जना आइतवार पक्राउ परेका छन् । उनीहरूलाई तोकिएको जरिवाना र कैद भुक्तानका लागि जिल्ला अदालत समक्ष उपस्थित गराइएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …