तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

हिम शाह

बर्दिया गेरुवा गाउँपालिकामा शुक्रबार पौडि खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । गाउँपालिकाको वडा नम्बर ४ खोल्टी बजार स्थित चारगाउँ कुलोमा पौडी खेल्ने क्रममा डुबेर स्थानीय बालकको मृत्यु भएको हो ।

डुबेर मृत्यु हुनेमा गेरुवा गाउँपालिकाका वडा नम्बर १ थापापुरका गणेश बहादुर चलाउनेका १० वर्षिय छोरा सागर रहेका छन् । इलाका प्रहरी कार्यालय पाताभारका अनुसार साथिहरुसँग कुलोमा पौडि खेल्न गएका उनी डुबेका थिए ।

पौडि खेल्न कुलोमा छिरेका सागर बाहिर नआएपछि सँगै गएका साथिहरुले स्थानीयहरुलाई खबर गरेका थिए । स्थानीय र प्रहरी गएर खोजी गर्दा कुलोमा उनको शवं भेटिएको स्थानीय प्रहरीले जनाएको छ ।

सागरको शवंलाई प्रहरीले पोस्टमार्टमको लागि जिल्ला अस्पताल गुलरिया बर्दियामा पठाइएको थियो । घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …