तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

हिम शाह

बाँकेमा बिहीबार रातीदेखि सुरु भएको दुई दिने निषेधाज्ञा आज रातीबाट सकिदैंछ ।

स्थानीय प्रशासनले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै लगाएको दुई दिने निषेधाज्ञा आज राती १२ बजेपछि सकिन लागेको हो । जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र बाँकेको बैठकले सातामा दुई दिन निषेधाज्ञा लगाउने निर्णय गरेको थियो ।

सोही अनुसार सातामा शुक्रबार र शनिबार निषेधाज्ञा जारी हुने गरेको छ । यो साताको लागि बिहीबार राती १२ बजेपछि सुरु भएको निषेधाज्ञा आज राती १२ बजेपछि सकिने बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए ।

‘बैठकको निर्णय अनुसार जिल्लामा योसहित दुई साता निषेधाज्ञा लगाइसकिएको छ’ उनले भने, ‘आउने साताबाट निषेधाज्ञा लगाउने नलगाउने निर्णय अब बस्ने जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्रको बैठकबाट हुनेछ ।’

कोरोना रोकथाम तथा नियन्त्रणको लागि सातामा दुई दिने निषेधाज्ञा जारी गर्ने निर्णयको भने जनस्तरबाट चर्को आलोचना भइरहेको छ । सातामा दुई दिन निषेधाज्ञा लगाउँदा कोरोना रोकथाम तथा नियन्त्रण हुन नसक्ने भन्दै जनस्तरबाट नै चर्को विरोध भएको हो ।

बिहीबार बैठक नै बसेर नेपालगञ्ज उद्योग बाणिज्य संघले त असोज एक गतेबाट लकडाउन र आन्तरिक निषेधाज्ञा पूर्णरुपमा हटाउन आग्रह गरिसकेको छ ।

संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’ले अब उद्योगी व्यवसायी र नागरिकहरुले अब लकडाउन तथा निषेधाज्ञा थेक्न नसक्ने बताए । ‘साढे पाँच महिना झेल्नसम्म झेलियो ।

अब झेल्नै नसकिने अवस्था आयो’ उनले भने, ‘त्यसकारण अब असोज १ गतेबाट पूर्णरुपमा लकडाउन खोल्ने र निषेधाज्ञा हटाउनुपर्छ भन्ने जोडदार माग राख्छांै ।’

निषेधाज्ञाको समयमा अत्यावश्यक सेवाहरु स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत, दुरसञ्चार, खानेपानी, डेरी, फोहोरमैला व्यवस्थापन, ग्याँस, पेट्रोलियम पदार्थ, औषधी पसल र एटिएमहरु सञ्चालनमा आउने गरेका छन् ।

सवारी साधनहरु भने एम्बुलेन्स, शववहान, दमकल, झण्डावाल सवारी र निलो (कुटनीतिक) प्लेट, लामो दुरीका मालवाहक, निर्माण सामग्री ढुवानी, अत्यावश्यक सेवा सञ्चालनमा खटिएका जनशक्तिले प्रयोग गरेका, सवारी अनुमति (पास) प्राप्त सवारी साधनहरु सञ्चालन हुन्छन् ।

निषेधाज्ञाको अवज्ञा वा अवहेलना गर्ने वा काममा बाधा पु¥याउने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० तथा स्थानिय प्रशासन ऐन, २०२८ बमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालय बाँकेले चेतावनी दिदैं आएको छ ।

शुक्रबार भने निषेधाज्ञाको आंशिक प्रभाव परेको थियो । केही मात्रामा उद्योग व्यवसाय सञ्चालनमा थिए भने नीजि सवारी साधन समेत सञ्चालनमा आएका थिए ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …