तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

खिम सापकोटा

खुल्ला पत्र
श्रीमान प्रधानमन्त्री
केपी शर्मा ओली ज्यू 

सादर नमस्कार ,देशको वर्तमान परिवेश त देखेकै हुनुहुन्छ होला ? जनता न्यायको लागि सरकार सरकार भनिरहेका छन् कोरोनाको समयमा विगत ४ महिना देखिको लकाडाउनले काम नहुँदा भोकमरीले जनता हरु सरकार सरकार भनिरहेका छन् । 

स्वस्थ सम्बन्धी खटिएका स्वास्थ्य कर्मी हरु पि पि ई नपाउँदा र आफू नै असुरक्षित हुँदा उस्तै गुनासा छन् जनता हरु गरिबीका कारणले कोरोना लुकाइरहेका छौ । तपाईंले केही समय अघि भन्नु भएको थियो अब कोही भोकले मर्ने छैनन् कोही भोकै बस्ने छैन तर विडम्बना सडक सडकमा देखिन थालेका छौं । यति पनि निर्दयी नबनिदिनुहोला ।दिन भरी गुजारा गरेर बेलुका हाम्रो चुलो बल्ने गर्छ र हाम्रो रोजी रोटी को व्यवस्था हुने गर्छ तर अहिले हाम्रो रोजीरोटी र चुलो बलिरहेका छैनन् । 

तपाईं कुर्सी बचाउन होईन जनता बचाउन लाग्नुहोस् यो अवस्थामा हाम्रो ओभइ रहेको चुलो बाल्ने र भोकले पाली रहेको पेट भरिदिने काम गर्नुहोला कुर्सी आफै सुरक्षित हुनेछ यस्तो बेलामा जुन हामी आम सर्वसाधाण माथि भइरहेको क्रियाकलपहरू बन्द गरियोस् त्यो हाम्रो रहर होइन बाध्यता हो ।कसलाई रहर हुँदैन र घरमा बसेर खान तर विडम्बना गरिबी र निर्दयी सरकार । 

राहत को लागि संसदमा बहस हुन्छ की हुँदैन ? तर भोको पेटका लागि ढिलो नगरिदिनुहोला ।तपाईंहरू किन सुन्नुहुदैँन ? जनताबात बहुमत पनि पाउनुभएको छ तर यो अवस्थामा सहयोग ,सेवा नगरे कहिले गर्ने ? 

सरकारले नगरे कसले गर्ने ? अहिले नगरे कहिले गर्ने ?के अब कोरोना को महामारी भन्दा बढी भोकमरीको बिगबिगी हुन हुन्छ त ? ती पहिरो पीडित बाढी पीडित किन नहोस् अहिले यो समयमा सडकमा देखिने भोका नागरिक लाई की त गास बास कपासको व्यवस्था गरियोस् नत्र हाम्रो गुजारा चलाउनका लागि सडक सडकमा देखिने हामी आम सर्वसाधारण लाई निषेधाज्ञा उलंघन भन्दै कानुनको दायरामा नलिओस् । की त सरकारले रोजी रोटीको व्यवस्था गर्नुपर्यो नत्र हामी आफ्नो रोजीरोटीका लागि  सडकमा देखिँदा यो व्यवहार नगरियोस्  हामी आम सर्वसाधारणको तर्फबाट तपाईं प्रधानमन्त्री लगायत  सम्पूर्ण जनप्रतिनिधि , सरोकावालाहरू लाई यही संदेश जानकारी गराउँदछु ।          

             

            

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …