तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

स्याङ्गजा वलिङ्ग नगरपालिकाका होटल तथा यातायात व्यवसायी ऋषीराम रेग्मीको वलिङ्ग मा १ होटेल र २ वटा डिलक्स बस बैंकबाट ऋण लिएर सञ्चालनमा ल्याएका थिए ।

कालिका रेस्टुरेन्ट र ओम शान्ति नामक बस वलिङ्ग पोखराको रूटमा चलाउँदै आएका छन् । कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर सरकारले बन्दाबन्दी शुरू गरेको दुई दिनअगाडि (गएको चैत ९ गते) देखि उनका गाडी थन्किएका छन् भने होटेल पनि बन्द छ ।

अहिले उनका गाडीका अगाडिका टायर कामै नलाग्ने भएका छन् । झण्डै ६ महिनासम्म गाडी ‘स्टार्ट’ समेत नुहँदा ब्याट्री पनि ‘चार्ज’ नै नहुने गरी कामै नलाग्ने भएको छ । उनी भन्छन्, ‘लामो समयसम्म गाडी नचल्दा घामपानीमा अगाडिका टायर त कामै नलाग्ने भएका छन्, पछाडिका टायर पनि चल्न थालेपछि पड्किँदै जान्छन् ।’

एउटा टायरको मूल्य ३७ देखि ४५ हजार रूपैयाँसम्म पर्छ । गाडी जहाँको त्यहीँ रोकिँदा इञ्जिन समेत बिग्रिन थालेका छन् ।

बैंकले किस्ता र ब्याज बुझाउन तकेता गरेको गर्‍यै गरेर प्रत्येक दिन हैरान बनाएको छ । मैले बैंकले आएर गाडी नै लैजान भनिदिएँ । कमाएर तिर्ने गाडी होटेल दुवै ६ महिना बन्द भएपछि केले तिर्नु ?’ सुरक्षाका मापदण्ड अपनाएर अब ‘पब्लिक भेइकल’ पनि सञ्चालनमा ल्याउनुपर्ने उनको माग छ ।

भदौ लागेपछि गाडी सञ्चालनमा ल्याउने भनेर गाडीको सर्भिसिङ गरें फेरि कोरोना भाइरसका संक्रमित बढेपछि गाडी चल्ने अनिश्चित छ । हामी त अहिले घर न घाटको हुने अवस्था आयो । गाडीका पार्टपूर्जा झारपातमा डुबिसकेका छन् । यहीँ अवस्था अझै दुई महिना लम्बिँदै जाने हो भने व्यवसायी पलायन हुनुको विकल्प छैन रेग्मीले भने ।

लामो लकडाउनले राज्यबाट उपेक्षित तर खर्बौं लगानी रहेका यातायात क्षेत्रमा खिया लागिसक्यो । गाडी मजदुर खान नपाएपछि गिट्टी कुट्न थाले गाडी बिग्रिन थाले उनले भने ।

वालिंगका अर्का गाडी धनि प्रदिप काफ्ले वलिङ्ग पोखरा रुटमा सञ्चालन गर्ने डिलस्क बसको पनि हालत तेही भएको छ ।

गाडी चल्न त छाडेछाडे गाडीका महत्वपूर्ण पाटपूर्जा र इञ्जिन समेत बिग्रिने थालेकोमा चिन्ता थपिएको काफ्ले बताउछन ।

टायरलाई जोगाउन प्लाष्टिक समेत राख्न थाले त्यो पनि लामो समयसम्म टिक्ने रहेनछ । बैंकले दिनदिनै फोन गरेर ब्याज र किस्ता माग्छ । घरमा केटाकेटीले टोकसो गर्छन् । मजदुरले चामल सकियो भन्छन् । आम्दानी गर्ने साधन नचल्दा अब कसरी बाँच्ने ?’ काफ्लेले प्रश्न गरे ।

काफ्लेले थपे ‘सधैँभरी कोरोना भन्दै बस्न हुुँदैन । सुरक्षाका उपाय अपनाउँदै भौतिक दूरी कायम गरेर पब्लिक गाडी पनि चल्न दिनुपर्छ, अब कोरोनाले होइन खान नपाएर मर्ने स्थिति आयो ।

देशकै सबैभन्दा धेरै बसहरू आबद्ध भएको गण्डकी बस व्यवसायी प्रालिमा २ हजार गाडी आबद्ध छन् । ती कुनै पनि गाडी चल्न नसक्दा अहिले २ अर्ब रुपैयाँ भन्दा बढी नोक्सान भएको व्यवसायी बताउँछन् ।

मौद्रिक नीतिले समेत यातायात क्षेत्रलाई अति जोखिमको क्षेत्र भन्नुपर्नेमा मध्य जोखिमको क्षेत्रमा राखेको प्रति व्यवसायीको ठूलो गुनासो छ । महामारीले सबैभन्दा बढी प्रभावित भएको क्षेत्र पब्लिक ट्रान्सपोर्ट हो ‘सरकारको मौद्रिक नीतिले पनि हामीलाई सम्बोधन गर्न सकेन । महामारीको अवधिको बैंक ब्याज मिनाहा गरी सार्वजनिक यातायातलाई बचाउनुपर्छ, नत्र व्यवसायी कि पलायन हुन्छन् कि आन्दोलनको विकल्प छैन व्यवसायी भने ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …