तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

यज्ञ कुमार राई

भानु आधारभूत विद्यायको पुस्तकालय उद्घाटन कार्यक्रमको फाेटाे राखि भ्रमपुर्ण स्टाटस र गलत समाचार सम्प्रेषणको प्रती नेपाली कांग्रेस खोटेहाङ वडा न ९ ले आपत्ति जनाएको छ ।

नेपाली काङ्ग्रेस खोटेहाङ गा.पा. ९ लिच्कीराम्चेकाे जिम्मेवार नेता तथा कार्यकर्ताहरुलाई ने.क.पा. निटकका नेता तथा कार्यकर्ताहरुले निच मानसिकता राखि हाम्रो नेपाली काङ्ग्रेसको संगठनलाई बिगार्ने र नेपाली काङ्ग्रेस प्रेमी जनताहरुलाई भ्रम छरेर पाटिलाई कमजोर बनाउने उदेश्यका साथ मिति भाद्र १५ गते भानु आधारभूत विद्यायको पुस्तकालय उद्घाटन कार्यक्रमको फाेटाे राखि भ्रमपुर्ण स्टाटस र गलत समाचार सम्प्रेषण गर्ने उदेश्यले स्टाटस लेखी समाजिक संञ्जाल फेसबुकमा अपलोड गरेकाेले निच र कमजोर मनस्थिति बनाएर गरेको कार्यप्रति खेद प्रकट गरेको हो ।

आम नागरिकलाई थाहा भएकै कुरा हो  नेपाली काङ्ग्रेस खाेटेहाङ ९ लिच्कीराम्चेमा सच्चा, इमानदार, नैतिक र लगनशील विभिन्न जात, धर्म, संस्कृति , पेशा, शिक्षा, क्षमता र उमेर समुहका मजबुत र सक्षम जुझारु नेता तथा कार्यकर्ताहरुकाे संगठन रहेकाे छ , जो कुनै पाटिले सजिलै याे एकता ताेडन् सक्दैन । साथै नेपाली काङ्ग्रेस लिच्कीराम्चेकाे नेता तथा कार्यकर्ताहरुमा तर्क पुर्ण बिचार सम्प्रेषण गर्न सक्ने र जुनसुकै जिम्मेवारी पाएमा पनि विधि र बिधानमा रहि इमानदार काम गर्न सक्ने क्षमता पनि रहेको विज्ञप्तिमा उल्लेख छ   

नेपाली काङ्ग्रेसको सक्षमत र मजबुत एकतालाई तर्क , बिचार र लोभलालच देखाई ताेड्न नसकिने र नेकपा लिच्कीराम्चेमा कमजोर भएको महसुस गरि भ्रम छर्दा आफ्नाे पाटिलाई केही सहयोग मिल्ला कि भन्ने आशयका साथ समाजिक संञ्जालमा गलत समाचार पोस्ट गरेका हुन । उहाँहरुको यश कुकार्यले अझ नेपाली काङ्ग्रेस बलियो र सुध्रिढ् रहेको प्रमाणीत गरेकाे छ । नेपाली काङ्ग्रेस लिच्कीराम्चेमा बलियो संगठन रहेको छ र लोकतन्त्रीक गणतन्त्र रक्षाकाे लागि अझै बलियो रहिरहने छ साथै आम लिच्कीराम्चे कार्यकर्ता तथा नागरिकहरुलाई यस्ता भ्रमात्मक समाचामा बिश्वास नगर्न विज्ञप्तिमा भनिएको छ ।

कोराेना भाइरसबाट सुरक्षित रहन दैनिक सुरक्षाका उपायहरु अपनाउन र राज्यले चालेका नियन्त्रणका कदमहरु पालना गर्न सबैमा अनुरोध गरेको छ 

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …