तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

हिम शाह

रुकुम पश्चिममा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा कार्यकर्ताहरूले पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

चौरजहारी नगरपालिका–४ अमलाटाकुरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपाका २७ जना स्थानीय नेता तथा कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका हुन् । उनीहरूलाई रुकुम पश्चिम कांग्रेसका नेताहरूले पार्टीमा प्रवेश गराएका हुन् ।

रुकुम पश्चिम तत्कालीन माओवादीको लालकिल्लाका रुपमा परिचित छ । कम्युनिस्टहरूले झण्डै दुईतिहाइको बहुमत पाउँदा पनि जनताका दुःख कष्ट समाधानतिर ध्यान नदिएर व्यक्तिगत लाभमा लागेपछि नेकपाका स्थानीय नेता तथा कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका हुन् ।

कांग्रेस प्रवेश गरेका नेकपाका नेता तथा कार्यकर्ताहरूले कम्युनिस्टमा लागेर ठूलो भुल गरेको बताएका छन् । उनीहरूले नेपाली कांग्रेस मात्रै सिद्धान्त र सबै कुराले असल पार्टी भएको बताएका छन् ।

नेकपा परित्यास गरेर कांग्रेस प्रवेश गर्नेमा नरबहादुर घर्ती, त्रिबहादुर घर्ती, गोपाल घर्ती, मानबहादुर घर्ती, गंगाराम घर्ती, केवल बुढा, डिले पुन, चित्रबहादुर थापा, अतिराम पुन, नेत्रबहादुर पुन, ओमप्रकाश टमटा, खिमबहादुर पुन, आइते घर्टी, मदु राना रहेका छन् ।

त्यसै गरी, सार्के कामी, नैनसिंह थापा, भर्दे राणा, ओम्ल घर्ती, कमला घर्ती, चन्द्रबहादुर घर्ती, जितबहादुर थापा, मंगी पुन, सुवास विक, पूर्ण घर्ती, कुलबहादुर पुन, टंकबहादुर परियार र सुरेश परियार नेकपा परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेस रुकुम पश्चिमले नेकपा छाडेर आएका नयाँ नेता तथा कार्यकर्ताहरूलाई समान व्यवहार गर्ने आश्वासन दिएको छ ।

सत्तारुढ नेकपाका दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनार्दशन शर्मालगायतका नेताहरूले धोका दिएका पार्टी छाडेकाहरूको आरोप छ । यसअघि पनि रुकुम पश्चिममा नेकपाका नेता तथा कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरिसकेका छन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …