तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

रमेश थापा

देशको कुल क्षेत्रफलको करिब २४ प्रतिसत भू-भागमा फैलिएका संरक्षित क्षेत्रको तालुक निकाय निकुञ्ज तथा वन्यजन्तु संरक्षण बिभाग सरकारी मजाकको शिकार भएको छ । देशका १२ वटा राष्ट्रिय निकुञ्ज,एक वन्यजन्तु आरक्ष, एक शिकार आरक्ष, ६ संरक्षित क्षेत्र र १३ वटा मध्यवर्ती क्षेत्र हेर्ने तालुक निकाय राष्ट्रिय निकुञ्ज बिभागमा एक जना महानिर्देशक र दुइजना उपमहानिर्देशक गरी तीन जना सहसचिवको दरबन्दी रहेको छ । तर ऐले उक्त बिभागमा एक जना पनि सहसचिव नरहने गरी खटन पटन भएको छ ।

बिगतमा नेसनल पार्कस एण्ड वाइल्डलाईफ उपसमूहबाट मात्र उपमहानिर्देशक र महानिर्देशक बन्न सक्ने ब्यवस्था थियो । तर बिचमा त्यो ब्यवस्थाको हत्या गरेर महानिर्देशकमा वन सेवाको जुनसुकै सहसचिव पनि आउन सक्ने गरी सजिलो बाटो खनिएको भए पनि उपमहानिर्देशकमा नेसनल पार्कस एण्ड वाइल्डलाईफ उपसमूहकै सहसचिव हुनुपर्ने ब्यवस्था छ । बिभागमा लामो समय देखि महानिर्देशक र एकजना उपमहानिर्देशक पद रिक्त थियो भने कार्यरत एकजना उपमहानिर्देशकलाई पनि सरुवा गरेर पुरै खालि गरिएको छ । अब सरकारले ढिलो चाँडो एक थान महानिर्देशक त पठाउला तर लामो समय सम्म दुबै उपमहानिर्देशक पद रिक्त रहने निश्चित छ ।

यसको भित्री मकसद के हो थाहा छैन तर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण बिभागलाइ कमजोर र अपाङ्ग बनाउने हरकत भएको आभास हुन्छ । देशलाइ संरक्षणको माध्यमबाट अन्तराष्ट्रिय मञ्चमा पहिचान दिन सफल बिभागलाई किन कमजोर र निरिह बनाइदै छ ? यसको गम्भिर समिक्षा हुन जरुरी छ । यो बिभाग कसैलाइ पद र सुबिधा दिनका लागि लहडमा स्थापना गरिएको निकाय होइन । यसको स्थापना र बिकासमा धेरै अग्रजहरुको परिश्रम, मेहनत र योगदान रहेको छ । यो बिभागको गरिमामा आघात पुर्याउने बद्नियत राखि बिभाग र माताहतका संरक्षणकर्मी उपर प्रहार गर्ने, निरुत्साहित गर्ने र बिभिन्न लाञ्छाना लगाउने तत्व पनि सक्रिय देखिन्छ ।

यो असहज र चुनौतिपूर्ण अवस्थामा संरक्षणको महाअभियानमा समर्पित सबै संरक्षणकर्मिहरु एकताबध्द भएर हरेक चुनौतिको सामना गर्ने र संरक्षण कार्यलाई अझ सशक्त र प्रभावकारी बनाउने अभियानमा लाग्नु जरुरी छ । यसका लागि अहोरात्र फिल्डमा खटिने वार्डेन, सहायक वार्डेन, रेञ्जर, सिनियर गेमस्काउट, गेमस्काउट, हात्तीसार कर्मचारी, अन्य प्राबिधिक र प्रशासनिक कर्मचारी तथा संरक्षणमा खटिएका सुरक्षाकर्मीहरु उच्च मनोबलका साथ आफ्नो कार्य क्षेत्रमा डट्नु पर्दछ । प्रशासनिक निकाय र सुरक्षार्थ तैनाथ नेपाली सेना बिचको सुमधुर अन्तर सम्बन्धलाई अझ शसक्त र प्रगाढ बनाउँदै एकताबध्द भएर काम गरौं । 

बिगत लामो समय देखि सहयोग गर्दै आएका संरक्षणका साझेदार सस्थाहरु डब्लु डब्लु एफ, जेड एस,एल, राष्ट्रिय प्रकृति संरक्षण कोष, आइ यु सि एन लगायतको निरन्तर सहयोग र सहकार्यलाई निरन्तरता दिंदै उच्च मनोबलका साथ संरक्षण अभियानमा समर्पित हुन जरुरी छ । संरक्षणमा खटिएका संरक्षणकर्मीका अगाडी ऐले चुनौती अवश्य छन । तर ति चुनौतिको सामना गर्न र संरक्षण बिरुद्धको षडयन्त्रसंग लडनका लागि तपाईहरु एक्लै हुनुहुन्न । हामी लामो समय सम्म सरकारी सेवामा रहेर सेवा निबृत्त भएका संरक्षणकर्मीहरु पनि छौं । 

संरक्षणसंग हाम्रो भावनात्मक नाता छ । आवश्यक परेको बेलामा हामीसंग भएको ज्ञान, शिप,अनुभव संरक्षणमा लगानि गर्न हामी लालायित छौं । अध्यारो अध्यायको अन्त्यसंगै उज्यालो अध्याय आरम्भ हुने भएकोले संरक्षणमा उज्यालो अध्यायको प्रारम्भ गर्न सबै संरक्षणकर्मी र प्रकृतिप्रेमि सबै एकताबध्द भएर अगाडी बढौं । अन्धकारको अन्त्य निश्चित छ । जय संरक्षण ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …