राजनीति एउटा पेशा र ब्यवसायीक नभई समाजको सेवा गर्ने सेवकको रुपमा स्थापित हुनु पर्दछ।
आम जनताहरुमा राजनीतिक दल र नेताहरुप्रती बितृष्णा बढ्नुको मुख्य कारण दल भित्र रहेका केहि अवसरबादी चिन्तन र ब्यक्तिबादी प्रवृत्तिको हाबी हुन हो।
जब जब निर्वाचन आउँछ तब प्रत्येक दल र नेताहरू जनतासामु गाउँ गाउँ टाेल-टाेल पुगेर बिकासको नाममा विभिन्न आश्वासन दिलाईन्छ र जनताको अमुल्य मत लिएर निर्वाचित हुन्छ अनि त्यो निर्वाचन भन्दा अगाडि दिएको आश्वासन कुनै पनि हिसाबले,कुनै पनि दलका निर्वाचित जनप्रतिनिधिहरुले पुरा गर्दैनन् जताततै बिकासको काम अलपत्र गरि नितिगत भ्रष्टाचार गरि एउटा निर्वाचित ब्यक्ति आफ्नो स्वार्थ पूरा गर्दै जनताको बेवास्ता गर्दाको परिणाम सिङ्गो पार्टीले बेहोर्नुपरेको हुन्छ।
किनकि पटकपटक जनताले निर्वाचित गरेर पठाएको ब्यक्तिले, जनप्रतिनिधिले गरेको गल्तीको कारण कतिपय आम जनताले भन्ने गर्छन “जुन जोगि आएपनी कानै चिरेको”मैले यस्तो भन्दै गर्दा सबै जनप्रतिनिधि उस्तै हुन्छन् भन्न खोजेको होईन थुप्रै जनप्रतिनिधि वा नेताहरू पनि बिकासप्रेमी परिवर्तनकारी सोच र समाजवाद उन्मुख प्रवृत्तिकाहरु पनि छन।
हाम्रो समाजमा यस्तो प्रवृत्तिले जरो गाढेकाे छ कि! जसले जनभावना, जनचाहना लाई राम्रोसँग बुझेर अघि बढ्ने इमानदारी बफादारि र साच्चिकै बिकासप्रेमी जस्ता ब्यक्तिहरुलाई न त पार्टीले मान्यता दिईन्छ न त नेताहरूले नै!
मेरो विचारमा,वडा स्थारिय जिल्ला स्थारिय कुन कुन ठाँउमा आफ्नो पार्टीका जनप्रतिनिधि निर्वाचित छन त्यो ठाँउमा के कति बिकासको कार्य भयो या भएन भयो भने कुन कुन शिर्षकमा के कति बिकास भयो भनेर पार्टीले निरक्षण र उच्च मुल्यांकन नगरे सम्म बिकासको नाममा भ्रम्म लुट हुन्छ बिकास शुन्य जस्ताको त्यस्तै अनि जनताले कुन हिसाबले कुन पार्टीलाई र कुन नेतालाई बिश्वास गर्ने?
अबको निर्वाचनमा पार्टीले बेलैमा बिचार गरी हाम्रोलाई होईन राम्रोलाई भन्ने सोचका साथ सच्चा इमानदारी जनताको भावनाअनुरूप जनचाहना अनुसार जनताको मर्म समस्या बुझ्ने बिकास प्रति लगाप हुने ब्यक्ति छनोट नगरे सम्म जनताको बिश्वास जित्न सकिन्न।
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …
चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …
सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …