तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

प्रहरीले उपत्यकाका तीनवटै जिल्लामा निषेधाज्ञा उलङ्घन गर्नेलाई स्थलगत कारबाही गरेको छ । तीनवटै जिल्लाबाट गरी निषेधाज्ञा उलङ्घन गर्ने करिब तीनहजार सवारी साधनलाई कारबाही गरिएको छ ।

त्यस्तै, एक हजार २२० जनालाई सडकमै बनाइएका होल्डिङ सेण्टरमा एकघण्टा राखेर कारबाही गरिएको छ ।

महानगरीय प्रहरी प्रमुख विश्वराज पोखरेलले विभिन्न स्थानमा ‘होल्डिङ सेण्टर’ बनाई कारबाही गरिएको बताउनुभयो । निषेधाज्ञा उलङ्घन गरी आफन्त भेट्न तथा बैङ्क र वित्तीय संस्थामा जाँदै गरेकाहरू पनि कारबाहीमा परेका छन् । आफूखुशी सञ्चालनमा आएका सवारी साधन र चालकलाई नियन्त्रणमा लिई कारबाही गरिएको छ ।

कोरोना सङ्क्रमण भयावह बन्दै गएको बेला पनि कतिपय नागरिकले अटेर गर्ने, मास्क प्रयोग नगर्ने र सामाजिक दूरी कायम नराखी लखर–लखर सडकमा हिँड्दा सुरक्षाकर्मी समेत जोखिममा रहेको उहाँले बताउनुभयो ।

बैङ्क तथा वित्तीय संस्थासंग आबद्ध कर्मचारीलाई शुक्रबारबाट कार्यालय आवतजावतमा सहजीकरण गरिने भएको छ । निषेधाज्ञाको पहिलो दिन सुरक्षाकर्मीले रोक लगाएपनि शुक्रबारबाट भने बिहान ९ बजेदेखि १०.३० बजेसम्म र साँझ ३.३० देखि ५.३० बजेसम्म सहजीकरण गर्न लागिएको हो ।

विभिन्न बैङ्क तथा वित्तीय संस्थाका कर्मचारीहरूले कार्यालयबाट जारी फोटोसहितको परिचय पत्र अनिवार्य प्रयोग गर्नुपर्ने हुन्छ । मास्क र सेनिटाइजर प्रयोग गर्नुपर्नेछ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …