हिजो राती देखी आएको अविरल बर्षाले अछामकाे कैलास खाेलामा बाढी आउदा छेउछाउका खेतहरु सबै बगरमा परिणत भएका छन ।
अछामको रामारोशन गाउँपालिका–५ स्थित कैलास खोलामा आएको बाढीले १६ घर बगाएको छ । अहिलेसम्म ४ जनाको शव भेटिएको र १९ जना बेपत्ता भएको गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले जानकारी दिइन् ।
बाढीले गजड बजार, मुजा बगर र सैनी बजारमा बढी क्षति पुर्याएको छ । प्रहरी घटनास्थलमा पुग्दै छ । स्थानीयहरू उद्वार कार्यमा जुटेका छन् ।
रामारोशन गाउँपालिकाकाे केन्द्र बिन्दु, मुजाबगर, गजडबजार, लगायतका खेतहरु र बान्नीगढी जयगढ गाउँपालिका वडा नं. ६ र मंगलसैन नगरपालिका वडा नं. १४ अन्तर्गतका छेउछायका सेरिखेत, पुलबजार , जमाले खेत, कोसेडा, लगायत्का थुप्रै स्थानमा रहेका खेतहरु बगरमा परिणत भएको छ । रामाराेशन गाउँपालिका जाेडने पक्की पुलकाे छेउ समेत बढीले बगाएको छ ।
निरन्तरको बर्षाका कारण रामारोशन गाउँपालिकाको केन्द्र मुजाबगर, गजडबजार लगायतका स्थान हरुमा ठूलो क्षेती हुनुका साथै अन्य स्थानहरु पनि उच्च जोखिममा रहेका छन ।
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …
चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …
सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …