तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

यज्ञ कुमार राई

खोटाङमा जनता समाजवादी पार्टीका क्रियाशिल कार्यकर्ता साथै सामाजिक अभियान्ता जनता समाजवादी पार्टी पारित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

प्रवेश गर्नेमा जनता समाजवादी पार्टीका क्रियाशिल सदस्य तथा जसपाका विधार्थी केन्द्रीय सदस्य लाल बहादुर मगर र सामाजिक अभियान्ता तथा शैक्षिक व्यक्तित्व संयोग राई रहेका छन् । मगर नेपाल आदिवासी जनजाती जिल्ला समन्वय परिषद खोटाङका सह–सचिव, नेपाल मगर संघ विधार्थीका जिल्ला अध्यक्ष, पर्यटन संरक्षण तथा सम्वद्र्धन समिति खोटाङका सचिव समेत हुन् ।

वीपी स्मृती भवन दिक्तेलमा भएको सोमबार भएको कार्यक्रममा नेपाली कांग्रेसका पार्टी सभापति नरेशकुमार श्रेष्ठले नवप्रबेशी हरुलाई स्वागत गरेको जिल्ला सचिव ईच्छु राणाले जानकारी दिए ।

कार्यक्रममा पार्टी सभापति श्रेष्ठ, जिल्ला सचिव राणा, जिल्ला कार्य समिति सदस्य प्रकाश कुमार श्रेष्ठ, क्षेत्र नं. २ का क्षेत्रिय सभापति तीर्थराज भट्टराई, नेपाल तरुण दल जिल्ला कार्य समितिका उपाध्यक्ष सन्जय कुमार राई, लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष मिलन कसजु, नेपाल प्रजातान्त्रिक सम्पर्क महासंघ प्रदेश नं. १ का सदस्य गोमा राई लगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …