तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

डोटी साँघुरो घुम्तीमा चालकले गति नियन्त्रित गर्न नसक्दा डोटीमा बुधबार बस दुर्घटना भएको छ । घटनामा तीन जनाको मृत्यु भएको छ भने ३३ यात्रु घाइते भएका छन् । भारतबाट घर फर्केका यात्रु बोकेर कैलालीको गौरीफन्टा नाकाबाट अछाम गइरहेको ना६ख २५२९ नम्बरको बस पूर्वीचौकी गाउँपालिकाको–१ तल्लो फुलोटमा बिहान ६ बजे सडकबाट खसेको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका इन्स्पेक्टर कर्ण बोहराका अनुसार मृत्यु हुनेमा अछामको मंगलसेन–७ की ५५ वर्षीया धनी शाही, बान्नीगढ जयगढ गाउँपालिका–३ का ६० वर्षीय पदम साउद र बसका सहचालक चौरपाटी गाउँपालिका–४ का ३० वर्षीय टीकाराम विक छन् ।

घाइतेमध्ये ६ जनालाई प्रादेशिक अस्पताल धनगढी रिफर गरिएको जिल्ला अस्पताल डोटीका डा. प्रकाश ठकुल्लाले बताए । ‘५ जनाको ढाड, खुट्टा, हिप तथा तिघ्रा भाँचिएकाले थप उपचारका लागि धनगढी पठाइएको हो उनले भने, ‘१० महिनाको एक बच्चाको अवस्था भने चिन्ताजनक छ ।’ डोटीका एसपी जनकराज पाण्डेयले सडकको बायाँतर्फ बसले बढी च्याप्दा सन्तुलन गुमाएर एक सय फिट तल खसेको बताए । सडकको दायाँतर्फ पानी बगाउन सोलिङ गरेको कल्भर्ट छ । उक्त कल्भर्टको छेउबाट बस खसेको हो । अन्यत्र सडक चौडा भए पनि घटनास्थलनजिक एउटा गाडी मात्र पास हुने साँघुरो कल्भर्ट छ ।

‘बाटो ढाकिने गरी बाक्लो कुहिरोले गर्दा चालकले साँघुरो कल्भर्ट स्पष्ट देखेनन्,’ एसपी पाण्डेयले भने, ‘वर्षाले बाटो पनि चिप्लो थियो । कल्भर्टको बायाँतर्फ बढी च्यापिँदा बसको पछाडिको चक्का सडकको ट्र्याकभन्दा बाहिर गयो, चालकले ट्र्याकमा ल्याउन नसकेपछि तल खस्यो ।’ पानी परिरहेको र हुस्सु लागेको बेला गाडी तीव्र चलाउनु नै दुर्घटनाको कारण रहेको उनले बताए ।

तीव्र गतिमा भएकाले सन्तुलन गुमाएर सडक बाहिर चक्का गएपछि बस खसेको दुर्घटनाका घाइते अछामको विनायक–३ का २७ वर्षीय रेमन्त साउदले बताए । ‘ड्राइभर अलि सिकारु हुन जस्तो महसुस बाटोमै भइरहेको थियो, बेलाबेला गाडी बेतोडको स्पीड चलाउने गरेका थिए,’ उनले भने, ‘एक्सिडेन्ट हुँदाको बेला पनि बसको स्पीड थियो, बाहिर कुहिरो लागेको पनि थियो ।

अर्की घाइते कलसरी विकले पनि चाँडो पुर्‍याउने हतारमा बस कुदाइरहेकाले दुर्घटना भएको बताइन् । ‘चालकले धेरै यात्रुलाई बिहान ६/७ बजे नै पुर्‍याउँछु भनेका गरेका थिए । तर ठाउँठाउँमा अलमल्याएर ढिला गरिसकेका थिए,’ उनले भनिन्, ‘त्यही हतारमा गाडी छिटो छिटो चलाए, यस्तो विपत्तिमा परियो ।’ चालक हेम खत्री आफैं पनि घाइते छन् । उनको ढाडमा चोट लागेको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …